ग्लोवल आईएमई बैंकलाई ‘बैंक अफ दि इयर’ अवार्ड
काठमाडौं । ग्लोवल आईएमई बैंकले ‘बैंक अफ दि इयर’ अवार्ड पाएको छ । बेलायतको फाइनान्सियल टाइम्सको ‘द बैंकर’ पत्रिकाको निर्णायक मण्डलले ‘बैंक अफ दि इयर’ घोषणा गरेको हो । विश्वका विभिन्न बैकहरुले प्राप्त गरेको सफलतालाई आधार बनाएर हरेक बर्ष सो अवार्ड प्रदान गर्ने गर्छ ।
बैक अफ दी ईयर लामो ऐतिहासिक पृष्ठभूमि भएको बिश्वमै प्रतिष्ठित अन्तर्राष्ट्रिय स्तरको बैंकिङ उपाधि हो । विजेता बैंकको व्यवस्थापन उत्कृष्ठ रहेको, व्यावसायिक संरचना सक्षम रहेको र जोखिम व्यवस्थापन उपयुक्त रहेको प्रमाणित गर्दछ ।

बिहिबार लण्डनको पार्क लेनस्थित होटल ईन्टरकन्टिनेन्टलमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्रचार्यले सम्मान ग्रहण गरेका छन् । कार्यक्रममा विश्वका करिब १ सय ३० भन्दा बढी मुलुकका बैंकर्सहरुले सहभागिता रहेको थियो ।

अवार्ड पाउदा निकै खुशी लागेको अध्यक्ष ढकालले प्रतिक्रिया दिए । ढकालले यस्तो अवार्डले बित्तीय क्षेत्रमा काम गर्न थप हौसला प्रदान गर्ने बताउँदै ग्लोवल आईएमई बैकले निकट भनिष्यमा अष्ट्रेलियाबाट समेत आफ्नो सेवा सुरु गर्न लागेको जनाकारी दिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
काभ्रेमा सहकारीका लागि ऋण लगानी र असुली व्यवस्थापन तालिम, ८३ जनाको सहभागिता
१६ माघ २०८२, बिहीबार
६ बुँदे संकल्पसहित दोस्रो राष्ट्रिय सहकारी युवा तथा प्रविधि सम्मेलन सम्पन्न
१५ माघ २०८२, बुधबार
सहकारी पत्रकार समाजमा अर्जुन खतिवडाको अध्यक्षतामा नयाँ कार्यसमिति
१३ माघ २०८२, सोमबार