श्रीलङ्काली राष्ट्रपति राजापाक्ष काठमाडौँमा

काठमाडौं । भोलिदेखि सुरु हुने अठारौँ शिखर सम्मेलनमा सहभागी हुन श्रीलङ्काका राष्ट्रपति महिन्दा राजापाक्ष सार्क आज बिहान १०ः१५ बजे काठमाडौं आइपुगेका छन् । उनी श्रीलङ्काको राष्ट्रिय ध्वजाबाहक विशेष विमानबाट ९० जना श्रीलङ्काली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै काठमाडौं आइपुगेका हुन् ।
राष्ट्रपति राजापाक्ष सवार विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएलगत्तै शिष्टाचार महापाल कालिप्रसाद पोखरेल र नेपालका लागि श्रीलङ्काली राजदूत डब्लु एम सेनिभिराथनाले उनलाई स्वागत अभिवादन गरेका थिए ।
त्यसलगत्तै राष्ट्रपति राजापाक्ष कार्केडसहित विशिष्ट पाहुनाको स्वागतका लागि तयार पारिएको मञ्च आइपुग्दा उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतम, संस्कृति, पर्यटन तथा नागरिक उडड्यानमन्त्री दीपकचन्द्र अमात्य, नेपाल सरकारका सचिव लीलामणि पौड्याल, प्रधानमन्त्रीका मुख्य निजी सचिव वसन्तकुमार गौतम र राष्ट्रपति कार्यालयका सचिव अनुपकुमार उपाध्यायले उहाँलाई स्वागत अभिवादन गरे ।
सो अवसरमा राष्ट्रपति राजापाक्षको सम्मानमा नेपाली सेनाले मङ्गल धुनसँगै सम्मान गारत अर्पण गरेको थियो । त्यसपछि दुवै देशको राष्ट्रिय धुन बजाइएको थियो ।
शिखर सम्मेलनमा सहभागी हुन काठमाडौँ आइपुग्नु हुने राष्ट्राध्यक्ष÷सरकार प्रमुखहरुमध्ये राष्ट्रपति राजापाक्ष पहिलो विशिष्ट पाहुना हुन् । राष्ट्रपति राजापाक्षसहित श्रीलङ्काली प्रतिनिधिमण्डल विमानस्थलबाटै विशेष विमान चढी लुम्बिनीका लागि प्रस्थान गरेको छ ।
अभिलेख
लोकप्रिय

वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवार
संसदीय समितिलाई कांग्रेसले बुझायो सहकारीको समस्या, कारण र समाधानका उपायसहितको सुझाव
२६ भाद्र २०८१, बुधबारRecent Posts

सहकारी महासंघको आयोजनामा ‘ओपन फिडे र्यापिड रेटिङ’ चेस हुने
१५ बैशाख २०८२, सोमबार
नेतृत्वमा बस्नेहरुको प्रारम्भिक संस्थाको हालत हेरौं त !
१५ बैशाख २०८२, सोमबार
नेपालको सहकारी अभियान अब कता ?
१५ बैशाख २०८२, सोमबार