श्रीलङ्काली राष्ट्रपति राजापाक्ष काठमाडौँमा
काठमाडौं । भोलिदेखि सुरु हुने अठारौँ शिखर सम्मेलनमा सहभागी हुन श्रीलङ्काका राष्ट्रपति महिन्दा राजापाक्ष सार्क आज बिहान १०ः१५ बजे काठमाडौं आइपुगेका छन् । उनी श्रीलङ्काको राष्ट्रिय ध्वजाबाहक विशेष विमानबाट ९० जना श्रीलङ्काली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै काठमाडौं आइपुगेका हुन् ।
राष्ट्रपति राजापाक्ष सवार विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएलगत्तै शिष्टाचार महापाल कालिप्रसाद पोखरेल र नेपालका लागि श्रीलङ्काली राजदूत डब्लु एम सेनिभिराथनाले उनलाई स्वागत अभिवादन गरेका थिए ।
त्यसलगत्तै राष्ट्रपति राजापाक्ष कार्केडसहित विशिष्ट पाहुनाको स्वागतका लागि तयार पारिएको मञ्च आइपुग्दा उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतम, संस्कृति, पर्यटन तथा नागरिक उडड्यानमन्त्री दीपकचन्द्र अमात्य, नेपाल सरकारका सचिव लीलामणि पौड्याल, प्रधानमन्त्रीका मुख्य निजी सचिव वसन्तकुमार गौतम र राष्ट्रपति कार्यालयका सचिव अनुपकुमार उपाध्यायले उहाँलाई स्वागत अभिवादन गरे ।
सो अवसरमा राष्ट्रपति राजापाक्षको सम्मानमा नेपाली सेनाले मङ्गल धुनसँगै सम्मान गारत अर्पण गरेको थियो । त्यसपछि दुवै देशको राष्ट्रिय धुन बजाइएको थियो ।
शिखर सम्मेलनमा सहभागी हुन काठमाडौँ आइपुग्नु हुने राष्ट्राध्यक्ष÷सरकार प्रमुखहरुमध्ये राष्ट्रपति राजापाक्ष पहिलो विशिष्ट पाहुना हुन् । राष्ट्रपति राजापाक्षसहित श्रीलङ्काली प्रतिनिधिमण्डल विमानस्थलबाटै विशेष विमान चढी लुम्बिनीका लागि प्रस्थान गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
काभ्रेमा सहकारीका लागि ऋण लगानी र असुली व्यवस्थापन तालिम, ८३ जनाको सहभागिता
१६ माघ २०८२, बिहीबार
६ बुँदे संकल्पसहित दोस्रो राष्ट्रिय सहकारी युवा तथा प्रविधि सम्मेलन सम्पन्न
१५ माघ २०८२, बुधबार
सहकारी पत्रकार समाजमा अर्जुन खतिवडाको अध्यक्षतामा नयाँ कार्यसमिति
१३ माघ २०८२, सोमबार