डोल्पामा जिल्ला सहकारी संघ र जिल्ला बचत संघको तदर्थ समिति गठन
डोल्पा । नेपालको अति विकट र दुर्गम रुपमा रहेको कर्णाली अञ्चलको डोल्पा जिल्लाको सदरमुकाम दुनै बजारमा सहकारीकर्मीहरुको पहिलो भेला सम्पन्न भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का सञ्चालक कृष्ण पौडेलको पहल र सहजीकरणमा सम्पन्न भेलाले जिल्ला सहकारी संघ र जिल्ला बचत तथा ऋण सहकारी संघको तदर्थ समिति गठन गरेको छ ।
राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विष्णुबहादुर केसीको अध्यक्षतामा सम्पन्न भेलामा नेफ्स्कून सञ्चालक कृष्ण पौडेल, शिक्षकहित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विष्णुलाल बुढा, बालात्रिपुरा सुन्दरी बहुद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष मनोज बोहरा, दुनै बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लालिमान बुढा, नमूना बचत तथा ऋण सहकारी संस्थाका ईन्द्रबहादुर बोहरा, नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष गोराबहादुर बुढा, राष्ट्रसेवक सहकारीका सञ्चालक सपना बुढालगायत आफ्नो धारणा राखेका थिए ।
वक्ताहरुले राष्ट्रिय सहकारी अभियान र नेफ्स्कूनको प्रतिनिधिको उपस्थितिले आफुहरुलाई उत्साहित बताएको बताउदै जिल्लाको सहकारी अभियानमा सहयोग पुर्याएकोमा कृतज्ञता ज्ञापन गरेका थिए । उनीहरुले जिल्लाका सहकारीहरुको समस्याहरु प्रस्तुत गरेका थिए ।
नेफ्स्कून सञ्चालक पौडेलले जिल्लाको सहकारी अभियानलाई अघि बढाउन केन्द्रसंग संयोजन गर्ने बताउदै राष्ट्रिय सहकारी अभियानमा जिल्लाका सहकारीहरुलाई आवद्ध गराउन आग्रह गरे ।
जिल्ला सहकारी संघको तदर्थ समितिमा अध्यक्ष मनोज बोहोरा, सदस्यहरु जगतबहादुर शाही, सपना बुढा, तुलबहादुर बुढा र लालिमान बुढा रहेका छन् । त्यस्तै जिल्ला बचत तथा ऋण सहकारी संघको तदर्थ समितिमा अध्यक्ष विष्णु केसी, सदस्यहरु जगतबहादुर शाही, तुलबहादुर बुढा, लालिमान बुढा र सुरेन्द्र कठायत रहेका छन् । एक महिनाभित्र दुवै संघको दर्ता प्रक्रिया अघि बढाउनेसमेत भेलाले निर्णय गरेको छ ।
जिल्लामा सबै प्रकृतिका गरी पन्ध्र सहकारी संस्था दर्ता भई क्रियाशिल रहेका छन ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
