सार्क शिखर सम्मेलनमा भाग लिन को-को आउँदै छन् नेपाल ? यस्तो छ, स्वागत कार्यक्रम । (सार्क सम्मेलन विशेष)
शिखर सम्मेलनमा सार्कको कान्छो सदस्य राष्ट्र अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी आउने भएका छन् । त्यस्तै संस्थापक सदस्य देश मालदिभ्सका राष्ट्रपति अब्दुल्ला यामिन अब्दुल गैयुम र श्रीलङ्काका राष्ट्रपति महिन्द राजपक्ष आउने छन् । उनीहरुले आ-आफ्ना मुलुकका प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी मङ्गलबार काठमाडौँ आइपुग्ने कार्यक्रम छ ।
सरकार प्रमुखको जिम्मेवारी सम्हाल्लेका बङ्गलादेश, भुटान, भारत र पाकिस्तानका प्रधानमन्त्री क्रमशः शेख हसिना, ल्योन्छेन छिरिङ तोब्गे, नरेन्द्रदामोदरदास मोदी र नवाज सरिफ पनि शिखर सम्मेलनमा भाग लिन सोही दिन नेपाल आउदै छन् । शिखर सम्मेलन आयोजक मुलुक नेपालका प्रधानमन्त्री सुशील कोइराला पनि सरकार प्रमुख हुन् ।
सार्कका राष्ट्राध्यक्ष वा सरकार प्रमुख तथा प्रथम महिलालाई शिष्टाचार महापाल, सम्बन्धित देशका राजदूत वा नियोग प्रमुखले विमानमा नै पुगेर स्वागत गनेछन् भने मोटरबाट ओर्लेपछि उनीहरूलाई उपप्रधानमन्त्री, मन्त्रिपरिषद्का एक सदस्य, मुख्य सचिव र प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिवले औपचारिक स्वागत गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सार्क मुलकका राष्ट्राध्यक्ष तथा प्रथम महिलालाई स्वागत गर्ने सोही टोलीमा राष्ट्रपति कार्यालयका सचिवलाई पनि समावेश गरिएको छ ।
उक्त टोलीले स्वागत मञ्चमा स्वागत गरेपछि उपप्रधानमन्त्रीले विशिष्ट पाहुनालाई प्रधानसेनापतिसँग परिचय गरानेछन् । परिचयपछि प्रधानसेनापतिले सम्मान गारत अर्पण गरिने विशेष मञ्चमा उनीहरूलाई लैजाने कार्यक्रम छ ।
मङ्गल धुनसँगै पाहुनामा सम्मान गारत प्रस्तुत गरिनेछ । विशिष्ट पाहुनाको देशको राष्ट्रिय गीत बजाएपछि नेपालको राष्ट्रिय गीत प्रस्तुत हुनेछ ।
काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को अठारौँ शिखर सम्मेलनमा तीन मुलुकका राष्ट्राध्यक्ष र पाँच देशका सरकार प्रमुख सहभागी हुने भएका छन् ।
सम्मानगारत मञ्चको कार्यक्रम समापनपछि विशिष्ट अतिथिलाई उपप्रधानमन्त्रीले अतिविशिष्ट कक्षमा लैजानेछन् । सामान्य शिष्टाचार र जलपानपछि उनीहरू सोल्टी होटलतर्फ प्रस्थान गर्नेछन् । विमानस्थलदेखि सोल्टी होटलसम्मको सवारी मार्गका विभिन्न भागमा नेपालका विविध जाति र समुदायले आआफ्नो वेशभूषा झल्किने परम्परागत पहिरनमा विशिष्ट अतिथिको मुलुकका राष्ट्रिय झन्डा फहराउनका साथै परम्परागत बाजा बजाएर उनीहरूको अभिवादन गर्नेछन् । सोल्टी होटलका विशिष्ट सुइटमा प्रवेश गर्नुअघि सार्कका राष्ट्राध्यक्ष वा सरकार प्रमुखलाई शिक्षामन्त्री चित्रलेखा यादव र ऊर्जामन्त्री राधा ज्ञवालीले स्वागत गर्ने कार्यक्रम तय भएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय सहकारी बैंकको बागडोर उप्रेतीको हातमा
१४ जेष्ठ २०८३, बिहीबार
राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित सञ्चालक र लेखा समितिलाई शपथ तथा प्रमाणपत्र वितरण
१३ जेष्ठ २०८३, बुधबार
सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
११ जेष्ठ २०८३, सोमबार