पाइप लाइन निर्माणका लागि कार्यदल
काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थ आयात गर्ने पाइप लाइन निर्माणका लागि कार्यदल गठन गर्न नेपाल र भारतका अधिकारी सहमत भएका छन् ।
पाइप लाइन निर्माणका सम्बन्धमा शनिवार बसेको दुई देशका अधिकारीको बैठकले पाँच सदस्यीय कार्यदल गठन गरेर प्रक्रिया अगाडि बढाउने सहमति गरेको हो ।
सहमतिअनुसार नेपाल आयल निगमका कार्यकारी निर्देशक डा चण्डीका भट्टसहित दुई प्रविधिक र भारतका तर्फबाट वितरण तथा आपूर्ति विभागका कार्यकारी निर्देशक एसएस बोस र पाइन लाइन विभागका कार्यकारी निर्देशक भिएस गाङ्गुली कार्यदलको सदस्य रहेका छन् ।
कार्यदललाई पाइप लाइन निर्माणका लागि प्राविधिक पक्ष, आर्थिक लगानी र निर्माणपश्चात सञ्चालनका कार्यविधि तयार गर्न सात दिनको समयसीमा दिएको नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए ।
बैठकमा नेपालका तर्फबाट वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव जीवराज कोइराला र भारतका तर्फबाट पेट्रोलियम मन्त्रालयका अतिरिक्त सचिव राजीवकुमारले नेतृत्व गरेका थिए ।
भारतको रक्सौलदेखि नेपालको अमलेखगञ्जसम्म ४१ किलोमिटरको पाइप लाइन निर्माण गर्ने सहमतिअनुसार कार्य सुरु गरेको ३० महिनाभित्र काम सम्पन्न गर्नुपर्नेछ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
