हातेमालो सहकारीले ‘सहकारी विद्यालय’ सञ्चालन गर्ने, सञ्चालक समितिको कार्यविभाजन
सिमरा, २ कातिक । बाराको गढीमाई नगरपालिकाको सिमरामा रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्थाले विषय विविधीकरण गर्दै शिक्षा क्षेत्रमा अघि बढने निर्णय गरेको छ ।
संस्थाका अध्यक्ष कृष्ण पौडेलको अध्यक्षतामा बसेको सञ्चालक समितिको वैठकले संस्था र सदस्यहरुको लगानीमा सिमरामा “हातेमालो सामुदायिक सहकारी शिक्षा सदन” नामक शैक्षिक संस्था स्थापना गरी न्युनतम मूल्यमा गुणस्तरीय शिक्षा उपलव्ध गराउने तयारीलाई अघि बढाउने निर्णय गरेको छ । शैक्षिक संस्थाको अवधारणा विकास, दर्ता र आवश्यक पूर्वाधार तयारी गर्नका लागि संस्थाका अध्यक्ष कृष्ण पौडेलको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा ईद्रिस मियां, सञ्जय साह, दिपक भट्ट, सुशिला आचार्य, बरुण गौतम र महेश ढुंगेल रहेका छन ।
त्यसैगरी संस्थाले सञ्चालकहरुको कार्यविभाजनसमेत गरेको छ । संस्थाका अध्यक्ष पौडेललाई भवन तथा भौतिक पूर्वाधार, उपाध्यक्ष विनोद कलवारलाई सुपथ मूल्यको सहकारी पसल, उपाध्यक्ष सीता गुरुङलाई प्रोवेशन र एक्सेस तयारी, सचिव यज्ञ आलेलाई कर्जा लगानी, कोषाध्यक्ष शिव वाग्लेलाई लघुवित्त, सञ्चालकहरु ईद्रिस मियांलाई शिक्षा तथा तालीम, सञ्जय साहलाई सदस्य सेवा, पेशल मुल्मीलाई लक्षित समुदाय, दिपक भट्टलाई प्रोवेशन र एक्सेस, सुशिला आचार्यलाई लघुव्यवसाय, क्षमादेवी अधिकारीलाई बचत, बरुण गौतमलाई सामाजिक सेवा र बिदुर घिमिरेलाई युवा उपसमितिको जिम्मेवारी दिने निर्णय गरेको छ ।
वैठकमा लेखा समितिका संयोजक डम्मरमणि थेवे लिम्वु, सदस्यहरु कृष्ण बर्तौला र किशोर शर्मासमेतको उपस्थिति रहेको थियो । साढे छ वर्षअघि स्थापना भएको हातेमालो बचत तथा ऋण सहकारी संस्थाले एक हजाज ३ सय ५० सदस्यहरुवीच १४ करोडको कारोवार गरिरहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
