जिल्ला सहकारी संघ ललितपुरमा सहकारी संवर्धन केन्द्र निर्माणको लागि ४.१८३ करोड भारतीय सहयोग
ललितपुर । जिल्ला सहकारी संघ ललितपुरमा सहकारी संवर्धन केन्द्र निर्माण हुने भएको छ । उक्त केन्द्र निमार्णका लागि भारतीय राजदूतावास काठमाडौं, जिल्ला विकास समिति ललितपुर र जिल्ला सहकारी संघ ललितपुर बीच आइतबार सम्झौता भएको छ ।
उक्त परियोजना जिल्ला विकास समिति ललितपुरले ४.१८३ करोड लागतमा कार्यान्वयन गर्ने सम्झौता भएको छ । सदस्य सहकारीहरुलाई नेतृत्व, संवर्धन, सहयोग गर्ने उद्धेश्यले १९७२ मा स्थापित जिल्ला संघ सदस्य सहकारी तथा सदस्य कृषकहरुलाई सहयोग गरी सवलबनाउने कार्य गर्दै आएको छ । संघ नेपालकै उत्कृठ जिल्ला संघ हो ।
सहकारीप्रवर्धन केन्द्र निर्माण गरी बहुसंख्यक उपभोक्तालाई समेटी तिनका आवश्यकता परिपुर्ति गर्ने ध्येय राखेको छ । कृषीउत्पादनमा रहर हुनेहरुकालागि सूचना केन्द्रको रुपमा समेत यसले सहयोग प्रदान गर्ने जनाएको छ । सहकारी संवर्धन केन्द्र निर्माणबाट सहकारी वजारीकरण क्षमताअभिवृद्धि भै किसानहरुलाई लाभपुग्ने संघले जनाएको छ । यसले किसान र उपभोक्ताबीचप्रत्यक्ष सम्बन्ध राख्ने भएकाले उपभोक्तालाई दोहोरो फाइदा पुग्ने छ । यसबाट ललितपुर र आशन्न जिल्लाका करिव २ लाख भन्दाबढी जनतालाई प्रत्यक्ष फाइदापुग्ने अनुमान गरिएको छ । 
यस परियोजनाको अतिरिक्त ने.रु. १७.९४३ करोड लागतमा अन्य पाँच वटा परियोजना काकामहरु समेत ललितपुर जिल्लामा सुचारु छन् । यस जिल्लालाई भारतले ११ एम्बुलेन्स तथा ६ ओटा बससमेत उपहार प्रदान गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
काभ्रेमा सहकारीका लागि ऋण लगानी र असुली व्यवस्थापन तालिम, ८३ जनाको सहभागिता
१६ माघ २०८२, बिहीबार
६ बुँदे संकल्पसहित दोस्रो राष्ट्रिय सहकारी युवा तथा प्रविधि सम्मेलन सम्पन्न
१५ माघ २०८२, बुधबार
सहकारी पत्रकार समाजमा अर्जुन खतिवडाको अध्यक्षतामा नयाँ कार्यसमिति
१३ माघ २०८२, सोमबार