जिल्ला सहकारी संघ ललितपुरमा सहकारी संवर्धन केन्द्र निर्माणको लागि ४.१८३ करोड भारतीय सहयोग
ललितपुर । जिल्ला सहकारी संघ ललितपुरमा सहकारी संवर्धन केन्द्र निर्माण हुने भएको छ । उक्त केन्द्र निमार्णका लागि भारतीय राजदूतावास काठमाडौं, जिल्ला विकास समिति ललितपुर र जिल्ला सहकारी संघ ललितपुर बीच आइतबार सम्झौता भएको छ ।
उक्त परियोजना जिल्ला विकास समिति ललितपुरले ४.१८३ करोड लागतमा कार्यान्वयन गर्ने सम्झौता भएको छ । सदस्य सहकारीहरुलाई नेतृत्व, संवर्धन, सहयोग गर्ने उद्धेश्यले १९७२ मा स्थापित जिल्ला संघ सदस्य सहकारी तथा सदस्य कृषकहरुलाई सहयोग गरी सवलबनाउने कार्य गर्दै आएको छ । संघ नेपालकै उत्कृठ जिल्ला संघ हो ।
सहकारीप्रवर्धन केन्द्र निर्माण गरी बहुसंख्यक उपभोक्तालाई समेटी तिनका आवश्यकता परिपुर्ति गर्ने ध्येय राखेको छ । कृषीउत्पादनमा रहर हुनेहरुकालागि सूचना केन्द्रको रुपमा समेत यसले सहयोग प्रदान गर्ने जनाएको छ । सहकारी संवर्धन केन्द्र निर्माणबाट सहकारी वजारीकरण क्षमताअभिवृद्धि भै किसानहरुलाई लाभपुग्ने संघले जनाएको छ । यसले किसान र उपभोक्ताबीचप्रत्यक्ष सम्बन्ध राख्ने भएकाले उपभोक्तालाई दोहोरो फाइदा पुग्ने छ । यसबाट ललितपुर र आशन्न जिल्लाका करिव २ लाख भन्दाबढी जनतालाई प्रत्यक्ष फाइदापुग्ने अनुमान गरिएको छ । 
यस परियोजनाको अतिरिक्त ने.रु. १७.९४३ करोड लागतमा अन्य पाँच वटा परियोजना काकामहरु समेत ललितपुर जिल्लामा सुचारु छन् । यस जिल्लालाई भारतले ११ एम्बुलेन्स तथा ६ ओटा बससमेत उपहार प्रदान गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बिन्धवासिनी साकोसको ३३औँ साधारणसभा सम्पन्न, नयाँ नेतृत्व चयन
२१ आश्विन २०८३, बुधबार
आईडियल साकोसको २७औँ साधारण सभा सुरु, असोज २६ गते निर्णय प्रमाणीकरण सभा
२१ आश्विन २०८३, बुधबार
सहायक खजाञ्चीदेखि सीईओसम्म : मदन बस्नेतको २५ वर्षे सहकारी यात्रा
२१ आश्विन २०८३, बुधबार