२१ कात्तिक २०८३, शनिवार

‘प्रभू बैंक’ले शुरु गर्यो एकीकृत कारोबार, देशकै ठूलो निजी बैंक

२०७१ भदौ ३०, सोमबार
‘प्रभू बैंक’ले शुरु गर्यो एकीकृत कारोबार, देशकै ठूलो निजी बैंक

काठमाडौं, ३० भदौ । किष्ट बैंक, प्रभु विकास बैंक, गौरीशंकर विकास बैंक र जेनिथ फाइनान्स गाभिएर बनेको ‘प्रभू बैंक’ले आज (सोमबार)देखि एकीकृत कारोबार सुरु गरेको छ ।

एकीकृत कारोबारको सुभारम्भ नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले एक कार्यक्रमको बीच गरे । यि चारवटै संस्थाहरुको गत असार मसान्त सम्मको वित्तिय विवरण प्रकाशित भइसकेको छ । प्रभु बैंकले विदेशी बैंकलाई संयुक्त लगानीको रुपमा भित्रयाउने बैंकका अध्यक्ष देवीप्रकाश भट्टचनले बताए ।

prabhu1
मर्जपछि बनेको बैंकको शाखा संख्या १ सय १२, एटीएम संख्या १ सय ९ वटा भएका छन् । शाखा र एटीएम संचालन गर्ने देशकै ठूलो नीजि बैंक भएको छ । किष्ट बैंकको केन्द्रीय कार्यालयलाई नै प्रभु बैंकको केन्द्रीय कार्यालय बनाएको छ ।

अभिलेख

लोकप्रिय