बाढी पिडितलाई लगानीकोष कर्मचारीको सहयोग
काठमाडौं, १८ भदौ । नागरिक लगानी कोषका कर्मचारीले बुधबार प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा ६४ हजार २ सय २ रुपैया प्रदान गरेका छन ।
सामाजिक कार्य अन्तरगर्त कोष कर्मचारीले स्वेच्छाले सो रकम प्रदान गरेका हुन । सो रकम संकलन गर्ने कार्यमा नेपाल बित्तिय संस्था कर्मचारी संघ, नेपाल राष्ट्रिय कर्मचारी संगठन र नागरिक लगानी कोष कर्मचारी युनियनले संयुक्त रुपमा पहल गरेको थियो । सो रकम कोषको प्रतिनिधत्व गर्दै कर्मचारीहरु पुरुषोत्तम भट्टराई, पिताम्वर अर्याल, तथा उमानाथ भट्टराईले प्रधानमन्त्री उद्वार कोषमा जम्मा गरेका हुन् ।
कर्मचारी संघका अध्यक्ष भट्टराईले ट्रेड युनियनहरुले सामाजिक उत्तरदायित्वका कार्यक्रममा महत्वपुर्ण भुमिका खेलेको बताए भने संगठनका अध्यक्ष अर्यालले संकलित रकमको सही सदुपयोग हुन सके मात्रै पिडितले राहत पाउनेमा जोड दिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
