हाम्रो सगरमाथा बहुउद्देश्यीयको औपचारीक कारोबार सुरु, १५ करोड शेयर पूँजी, १५ सेवा केन्द्र
काठमाडौं । नेपालको सहकारी इतिहासमा पहिलो पल्ट विभिन्न उद्देश्यीय र भोैगोलिक अबस्थामा रहेका ९ सहकारी सस्था मर्ज भएका छन् । मर्ज पछि ति सहकारी संस्थाको मगलबारबाट हाम्रो ‘सगरमाथा बहुउद्देश्यीय सहकारी’ नाममा एकिकृत कारोबार सुरु गरेका छन् । यो सहकारीको नेपालभर कार्यक्षेत्र प्रस्ताव गरिएको छ ।
मर्ज हुने सहकारीमा ललितपुरको सगरमाथा सहकारी र हिमशिखर बचत तथा ऋण सहकारी तथा काठमाडौंको जनता बहुउद्देश्यीय, भ्याली बहुउद्देश्यीय, स्वयम्भु डल्लु बचत तथा ऋण, शुभलक्ष्मी बचत तथा ऋण, हौसल्ला बहुउद्देश्यीय, हाम्रो गाउँ बचत तथा ऋण सहकारी तथा काभ्रेको मेगा बचत तथा ऋण छन् ।
मर्जरपछि बन्ने संस्थाको अध्यक्षमा जनता बहुउद्देश्यीयको सचिव केवी उप्रेती अध्यक्ष र सगरमाथाको कार्यकारी अध्यक्ष देवराज पराजुलीले कार्यकारी प्रमुखको जिम्मेवारी पाएका छन् । सहकारी सस्थाको मर्म अनुरुप विकास र प्रर्बद्धनका निम्ती एकिकरण भएको सस्थाको करिब १५ करोड शेयर पूँजी मध्ये महििलाको ६ करोड ३५ लाख र पुरुषको ८ करोड ६५ लाख र करिब १५ हजार सदस्य मध्ये करिब ७ हजार महिला र ८ हजार पुरुष सदस्य भएको यो सस्थामा १ सय ५० करोडको बार्षिक कारोबार रहेको अध्यक्ष केबी उप्रेतीले जानकारी दिए ।
देशभर छरिएर रहेका सहकारीहरुकाे मुल्य मायन्यता अनुरुप चल्न नसकेको परपेक्षेमा एकिकरणबाट छरिएर रहेको पूँजी जनशक्ती र वैचारिक विविधतालाई एक गरि अघि बढ्नु मुल उद्देश्य सहकारीको रहेको उप्रेतीले बताए । संस्थाले १५ वटा सेवाकेन्द्रबाट एमबिबिएस सेवा प्रदान गर्ने छ ।
यस अघि प्रकाशीत समाचारमा प्राविधीक त्रुटि हुन गएकोले सच्याइएको छ । सल्लाह सुझाव दिने आम पाठकहरु प्रति हार्दिक कृतज्ञता व्यक्त गर्द छौ । कार्यकारी सम्पादक
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
जिल्ला सहकारी संघ काठमाडौंको २६औं साधारण सभा सम्पन्न
१ माघ २०८२, बुधबार
सहकारी अभियन्ता सुदिप ढकाललाई ‘पोखरा रोयल सहकारी संस्थापक अध्यक्ष पुरस्कार’
२९ पुष २०८२, मंगलवार
सहकारीले पनि पाँच लाखभन्दा बढीको नगद कारोबार गर्न नपाउने, धमाधम सूचना जारी
२९ पुष २०८२, मंगलवार