सगुन साकोसको वार्षिक उत्सवमा बृद्ध बृद्धाहरुलाई सहयोग
भरतपुर, १४ भदौ । नारायगढमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शनिवार देवघाट समाज कल्याण केन्द्रका बृद्ध बृद्धाहरुलाई खाना खुवाएको छ । आफ्नो सातौ वार्षिक उत्सवको अवसर पारेर समाज कल्याण केन्द्रका ३१ बृद्ध बृद्धाहरुलाई फलफुल वितरण तथा खाना खुवाएको हो ।
प्रत्येक वार्षिक उत्सवमा विभिन्न सामाजिक काम गर्दै आएको यो संस्थाले असाय बृद्ध बृद्धाहरुलाई एक छाक खाना खुवाएको सगुन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चुडामणी पौडेलले जानकारी दिए। सो कार्यक्रममा नेपाल बचत तथा ऋण सहकारी संघका केन्द्रिय सदस्य तथा चितवन बचत तथा ऋण सहकारी संघका अध्यक्ष नवराज सापकोटाले अन्य सहकारी संस्थाहरुले पनि असाय बृद्ध बृद्धाहरुलाई सहयोग गर्नु पर्ने बताए । उनले सगुन बचत तथा ऋण सहकारीले गरेको कामलाई प्रशन्सा गर्दै सहकारी संस्थाहरु सामाजिक काममा लाग्नुपर्ने बताए । सो कार्यक्रम बाट सापकोटाले प्रत्येक वर्ष वर्ष वर्षमा देवघाट समाज कल्याण केन्द्रका असाय बृद्धाहरुलाई खाना खुवाउने प्रतिवद्धता जनाउदै केन्द्रले सञ्चालन गरेको १ रुपैयाँ देखि १ करोड रुपैयाँ संकलन अभियान अन्तरगत ३ सय ६५ रुपैयाँ सहयोग गरेका छन् ।
सो संस्थाका लेखा समिति अध्यक्ष तोयानाथ चालिसेले बृद्ध बृद्धाहरुल्ऽाई दुध खुवाउने उद्देश्यका साथ गाई किन्नको लागि २१ हजार रुपैयाँ दिएका छन् ।
त्यस्तै कार्यक्रममा बोल्दै देवघाट समाज कल्याण केन्द्रका अध्यक्ष जयकृष्ण शर्माले सरकारले बृद्धाबृद्धहरुल्ऽाई आर्थिक सहयोग कटौति गर्दै गएकोलाई आश्रम चलाउन कठिन भएको बताउनु बताए । उहाँले सरकारले ६३ साल पछि प्रत्येक वर्ष लगातार बजेट घटाउँदै जादाँ कर्मचारीहरुलाई तलव खुवाउन समस्या पर्दै गएको बताउनु भयो । २०५२ सालमा ५० जना बृद्ध बृद्धालाई राखेर पनि पैसा बचत हुने भए पनि अहिले आएर ३१ जनालाई पनि राख्न गाह्रो भएको बताए । देवघाट क्षेत्र विकास समितिमा २१ लाख ऋण रहेको उनले जानकारी दिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
