चाँदीमा चमक हराउदै
काठमाडाै, १४ भदाै । पछिल्लाे समयमा चाँदीका सरसामानप्रति आकर्षण घट्दै गएको छ । व्यापारी र ग्राहकको आकर्षण कम हुँदा कारोबार पनि घट्दै गएको हो । अन्तर्राष्ट्रिय बजारमा चाँदीको कारोबारमा आएको अस्थिरताका कारण आकर्षण कम हुन थालेको सुनचाँदी व्यवसायीले बताएका छन् ।
२ वर्षअघि दैनिक साढे २ सय किलोसम्म चाँदीको माग हुने गरेकोमा अहिले माग घटेर १ सय किलोमा झरेको व्यवसायी तेजरत्न शाक्यले बताउनुभयो । पहिला सुनको कारोबार गर्ने सबैजसोले चाँदीको कारोबार गर्ने गरेकामा अहिले धेरैजसोले सुनको मात्र कारोबार गर्न थालेका छन् ।
चाँदीमा भन्दा सुनमा नाफा छिटो हुने भएकाले चाँदीको कारोबार व्यवसायीले कम गरेका हुन् । तिहार लगायतका चाडपर्वमा चाँदीका मौलिक भाडाकुँडा बनाउने अर्डर आउने गरेकोमा त्यसमा समेत पछिल्ला वर्ष कमी आएको शाक्यले बताए ।
चाँदीमा अरु धातु मिसाएर केहि व्यवसायीले कारोबार गर्न थालेपछि र युवा वर्गहरु आधुनिक बन्दै गएकाले पनि चाँदीका सरसामानको अर्डर आउन छोडेको व्यवसायी बताउँछन् । १० दिन यता चाँदी तोलामा ८ सय रुपैयाँमा कायम भएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
