नेप्से १२ अङ्कले बढ्यो
काठमाडौं, १२ भदौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ११.७४ अङ्कले बढेको छ । हिजो बुधबार ३८ अङ्कले बढेको सेयर बजार अघिल्लो दिन मङ्गलबार २५.९८ अङ्कले तल झरेको थियो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज परिसूचक १.२२ प्रतिशतले बढेर ९७२.१७ विन्दुमा कायम भएको छ । बजार खुलेको केही समय उकालो लाग्न सुरु गरेको सेयर ९८० भन्दा माथि पुगेको थियो ।
त्यसैगरी, सेयर सङ्ख्याको कारोबार वृद्धि भएपनि कारोबार रकममा भने कमी आएको छ । आज नेप्सेमा रु ६१ हजार १२ लाख ७३ हजार ४४७ बराबरको १५ लाख ४५ हजार ५३४ सेयर कारोबार भएका छन् । नेप्सेमा हिजो रु ६१ करोड ७४ लाख ११ हजार ९२१ बराबरको १३ लाख २१ हजार ५०८ सेयर कारोबार भएका थिए ।
नेप्सेमा आज सबै समूहको परिसूचक सकारात्मक रहेपनि सबैभन्दा बढी बिमा कम्पनीका सेयर मूल्यमा ११९.९७ अङ्कले बढेको छ । यसपछि जलविद्युत् कम्पनीहरुको सेयरमा ८८.५ अङ्कले बढेको छ ।
त्यसैगरी, हिजो बैंकिङ समूह परिसूचकमा ३६.६६ अङ्कले बढेको परिसूचक आज ४.९६ अङ्कले बढेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
