नव काभ्रेली सहकारीको सेयर पुजी एक करोड
काठमाडौं १० भदौ । नव काभ्रेली बचत तथा ऋण सहकारी संस्थाको सेयर पुँजी एक करोड रुपैयाँभन्दा माथि सकलन गरेको छ । संस्थाको १४औँ वार्षिक साधारणसभाको अवसरमा आयोजित कार्यक्रममा संस्थाले आर्थिक वर्ष २०७०÷०७१ मा संस्थाको सेयर पुँजी एक करोड ४१ लाख ९४ हजार चार सय रुपैयाँ रहेको जानकारी दिएको हो ।
छ करोड २० लाख ४२ हजार पाँच सय ७५ रुपैयाँ ऋण लगानी गरेको संस्थाले दुई लाख सात हजार नौ सय ९७ रुपैयाँ नाफा आर्जन गरेको छ । छ सय ६४ सदस्य रहेको सो संस्थाले गत साउन १६ सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोबाट पीडितहरुलाई राहत प्रदान गर्नका लागि ३८ हजार रुपैयाँ संकलन गरेको छ ।
संस्थाले २० हजार रुपैयाँ र कार्यक्रममा उपस्थित अन्य व्यक्तिहरुबाट १८ हजार रुपैयाँ गरी ३८ हजार राहत संकलन गरिएको संस्थाका अध्यक्ष गणेशबहादुर अधिकारीले बताए । कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय संघ (नेफ्स्कुन)का अध्यक्ष ऋषिराम घिमिरेले महिला, बालबालिका, सामाजिक परिवर्तन र सुधारका लागि सहकारी संस्थाहरुले पहल नगरे ती वास्तविक सहकारी नहुने बताए ।
संस्थाहरुमा आर्थिक सुशासन कायम गर्नुपर्नेमा उनले जोड दिए । संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा ४२ जनाले रगत दान गरेका थिए । कार्यक्रममा डिभिजन सहकारी कार्यालय काठमाडौंका प्रमुख बलराम निरौला, सहकारीविज्ञ नारायण शर्मा गैरेलगायत विभिन्न सहकारी संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
