गोठाटारमा सहयात्री बहुउद्देश्यीय सहकारीको महिला लक्षित लघुवित्त कार्यक्रम
काठमाडौं , ८ भदौ । काठमाडौको नयाँ बानेश्वरमा रहेको सहयात्री सहकारी बहुद्देश्यीय सहकारी संस्था लि.ले लघुवित्त कार्यक्रम सञ्चालन गरेको छ । गोठाटार गाविसमा रहेका महिलाहरुलाई केन्द्रित गरी लघुवित्त कार्यक्रम सुरु गरेको हो ।
करिव ५ सय महिलाहरुमाझ सहकारी पुर्याउने लक्ष्यका साथ सुरु गरिएको सो लघुवित्त कार्यक्रम केही महिनाअघि अनौपचारिक रुपमा सुरु गरेको थियो । सो कार्यक्रम करिव चारसय महिलाहरुमाझ पुगिसकेको सहकारीको दावी रहेको छ । लघुवित्त कार्यक्रममा गाविसका नौ वडाका करिव ४ सय महिलाहरु उपस्थित रहेका थिए । कार्यक्रमलाई बोल्दै राष्ट्रिय सहकारी संघका अध्यक्ष केशप्रसाद बडालले सहयात्री सहकारी नमुना सञ्चालन गरेको लघुवित्त कार्यक्रम पनि सफल हुने दावी गरे ।
संघकी उपाध्यक्ष ओमदेवी जोशीले महिलाहरुको शसक्तिकरणकामा सहकारीको ठूलो योगदान रहेको बताइन् ।
कार्यक्रममा सहयात्री सहकारीका कार्यकारी अध्यक्ष खेमराज सुवेदीले आफूहरुले विषेषगरी महिलाहरुको आर्थिक तथा सामाजिक सुदृढीकरणमा टेवा पुर्याउने उदेश्यले लघुवित्त कार्यक्रम अघि सारेको बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
