चियामा कर वृद्धिको विरोध
इलाम, २८ साउन । तयारी चियाका लागि जिल्ला निकासी करमा अत्यधिक वृद्धि गरिएको भन्दै इलामका चिया व्यवसायी विरोधमा उत्रिएका छन् ।
जिल्लाका अधिकांश कारखानाले कर वृद्धिले व्यवसाय सङ्कटमा पर्ने जनाएका छन् । जिल्लाका २९ सानाठूला चिया कारखानाले मङ्गलबार संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाएका छन् ।
एकै पटक सय प्रतिशत कर वृद्धि गर्दा चिया उद्योगी, व्यापारी, साना किसान, कर्मचारी, मजदुरलगायत प्रभावित भएको विरोधपत्रमा उल्लेख छ । गएको वर्ष तयारी चियामा प्रतिकिलो एक रूपैया“ निकासी रहेकामा यो वर्ष प्रतिकिलो दुई रूपैया“ तोकिएको छ ।
जिल्ला विकास समितिले भने १० वर्षदेखि कर वृद्धि नभएकाले यो पटक वृद्धि गरिएको जनाएको छ ।
“१० वर्षदेखि मूल्य नबढाइएकाले एक रूपैयाँ मात्र वृद्धि गरेका हौँ”–जिविसका लेखाअधिकृत दिनेशकुमार पोखरेलले भन्नुभयो–“जिल्ला विकास योजना र परिषद्का समयमा बोलाउँदा नआउने, अहिले निकासी कर बढ्यो भन्नु भएन नि त ।”
चिया व्यवसायीले प्रतिकिलो ४० पैसा मात्र तिर्न सक्ने बताएका छन् । एउटै कारखानाले ठूलो परिणाममा चिया उत्पादन गर्दा कर तिर्न मुस्किल हुने अन्तु टी प्रोड्युसर्स प्रालिका ओम काफ्लेले बताउनुभयो ।
जिल्लामा वार्षिक ३५ लाख किलो तयारी अर्थोडक्स चिया उत्पादन हुन्छ । उद्योगीले पनि करको बहानामा हरियो चियापत्तीको मूल्य कम दिने गरेको किसानको गुनासो छ । वृद्धि गरिएको कर पुनः मूल्याङ्कन नगरिए चिया व्यवसायीले कारखाना बन्द गरेर चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
