सहमती प्रयासको निमित्त त्रिपक्षिय वार्ता
काठमाडौं, २१ साउन । राष्टिय सहकारी संघको नेतृत्व चयनका लागि सहमती प्रयासको निमित्त तीन राजनीतिक दलकका सहकारी नेता बीच सिंहदरबारमा त्रिपक्षिय छलफल जुट्दै छन् ।
बिहानै देखि छलफलमा जुटेको सहकारी नेताहरु एकान्त खोज्दै सिंहदरबार पुगेका हुन् ।
वार्तामा कांग्रेस निकट मानिने राष्ट्रिय सहकारी संघका पूर्व अध्यक्ष दिपक प्रकाश बाँस्कोटा, वर्तमान अध्यक्ष केशव प्रसाद वडाल, एमाओवादीका सहकारी विभाग प्रमुख शक्ति बस्नेत बीच छलफल हुँदै छ । स्रोतले दिएको जानकारी अनुसार छलफल द्धिपक्षिय र त्रिपक्षिय रुपमा चलिरहेको र सकभर बेलुका सम्ममा सहमतीमा पुग्ने दाबी गरिएको छ ।
स्रोतका अनुसार एमाओवादी निकटका सहकारीकर्मीले बाँस्कोटा र बडाल दुबै अध्यक्षमा टेस्ट भैसकेकाले संघको नेतृत्व माओवादीलाई सुम्पन आग्रह गरेका छन् । त्यस्तै सहकारी राजनीतिमा कमजोर उपस्थिती देखिएको कांग्रेसले आगामी दिनमा सहकारी आन्दोलनलाई सशक्त रुपमा उभियाउन पार्टीगत रुपमा दबाब खेपेकाले नेतृत्व नछाड्ने पक्षमा देखिएको छ ।
यस्तै एमालेले पूर्व पोलिटव्यूरो सदस्य रहेको केशव वडाललाई पार्टीगत रुपमै संघको अध्यक्षको रुपमा अघि सारेकाले यो पटकको संघको नेतृत्व चयन प्रक्रियाले चरम राजनीतिक रङ पाउने निश्चित छ । सहकारीखबर डटकम संग कुराकानी गर्दै संघका अध्यक्षका दाबेदार दिपकप्रकाश बाँस्कोटाले बडाल र आफू बीच सहमतीमा नेतृत्व चयन गर्ने पक्षमा सहमत भएको र आजको वार्ता पछि नयाँ रुप लिने बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
जिल्ला सहकारी संघ काभ्रेको ५९औँ स्थापना दिवस सम्पन्न
२६ भाद्र २०८३, शुक्रबार
स्थापना दिवसमा जिल्ला सहकारी संघ काभ्रेको वृद्धाश्रममा सेवा
२६ भाद्र २०८३, शुक्रबार
बाढीपीडितको पीडामा आश्रय सहकारीको साथ, १ लाख ३३ हजार सहयोग
२५ भाद्र २०८३, बिहीबार