भेदभाव नगर्न होटल सङ्घद्वारा ध्यानाकर्षण
पोखरा, १३ साउन । राजधानी केन्द्रित गरी तरकारी तथा फलफूलमा विषादी मापन केन्द्र स्थापना गरी अन्य क्षेत्रलाई भेदभाव नगर्न पश्चिमाञ्चल होटल सङ्घ पोखराले सरकारको ध्यानाकर्षण गराएको छ ।
सङ्घका अध्यक्ष हरिप्रसाद शर्मा गैरेले एक विज्ञप्ति जारी गरी विषादी मापनको सन्दर्भमा राजधानीमा मात्र केन्द्रित भई राजधानी बाहिर बस्ने जनता नै हैनन्जस्तो गरी सरकार प्रस्तुत हुनु दुःखद भएको बताउनुभएको छ ।
विषादीरहित तरकारी खाने सबै क्षेत्रका जनताको नैसर्गिक अधिकार भएको बताउँदै सङ्घले काठमाडौँमा विषको अवशेष भएको तरकारी नबेच तर अन्यत्र जता बेचे पनि हुन्छ भन्ने सरकारको मानसिकता भएजस्तो देखिएको जनाएको छ ।
काठमाडौँ र पोखरामा बिक्री हुने तरकारी लगभग एउटै क्षेत्र र जिल्लाबाट ढुवानी हुने गरेको स्मरण गराउँदै सङ्घले विषको अवशेष मापन गर्ने उपकरण पर्यटकीय नगरी पोखरालगायत अन्य जिल्लामा समेत यथासक्य छिटो स्थापना गर्नुपर्ने माग राखेको छ ।
त्यस्तो मापन कडाइका साथ गर्दै स्वस्थ फलफूल र तरकारी खाने जनताको अधिकार सुनिश्चित गर्नसमेत सङ्घका तर्फबाट गैरेले सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।
एक तथ्याङ्कअनुसार पोखरामा दैनिक ९० टनको हाराहारीमा फलफूल तथा तरकारी खपत हुने गरेको बताइन्छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
