निक्षेप सुरक्षित राख्न छुट्टै कानुन चाहिन्छ
बलराम निरौला
वरिष्ठ सहकारी अधिकृत
डिभिजन सहकारी कार्यालय, काठमाडौं
- वित्तिय कारोबार गर्ने सहकारीमा समस्या देखिएको छ, सबै जो काठमाडौमा रहेका छन् । डिभिजन सहकारी कार्यालय काठमाडौंको प्रमुख भएर यसलाई कसरी हेर्नु भएको छ ?
सहकारी एउटा विशिष्ठ पद्धति हो । छुट्टै एउटा स्वायत्त संस्था हो । कानुनी व्यवस्था र संस्थाको विनियम अनुसार संचालन हुने व्यवसायीक पद्धती हो । तर यहाँ समस्या आउनुलाई मैले कसरी लिएको छु भने जो संस्थाको सदस्य छन् उहाँहरुले चाही सहकारीको सैद्धान्तिक पक्ष, कार्यान्वयन पक्ष र सहकारी कसरी स्वायत्त संस्थाको रुपमा काम गर्छ भन्ने नबुझेर यस्तो समस्या आएको हो । विशेष गरी सहकारी संस्थाले सदस्य नियन्त्रीत संस्था हो, सदस्यले संचालन गर्ने संस्था र सदस्यका लागि संचालन गरेको हो भनेर नबुझीकन करोबार गरेका कारणले यो समस्या आएको हो ।

- सहकारीमा समस्या आउनुको मुख्य कारण शिक्षा, तालिम र सूचनाको कमी भयो भन्ने पनि गरिन्छ । शिक्षा, तालिम र सूचनामा राज्य, सहकारी अभियान र संस्था स्वयम कसको भूमिका हुन्छ ?
यसमा राज्य, सहकारी अभियान, संस्था स्वयमको भूमिका महत्वपूर्ण हुन्छ । राज्यको भूमिका हुदैन भन्न मिल्दैन । त्यसै कारण पनि सहकारी तथा गरीबी निवारण मन्त्रालय, सहकारी विभाग अन्तर्गत विभिन्न लेबलमा कार्यक्रमहरु भइरहेको छ । शिक्षा, तालिम र सूचना सहकारीको सिद्धान्त भित्रै पर्ने कुरा भएकाले संस्थाको पनि भूमिका रहेको छ । सहकारी सिद्धान्त अनुसार सहकारी संस्थाले सहकारी शिक्षाकोष खडा गरेर कोषको माध्यमबाट आफ्नो सदस्य, संचालक सबै तथा समुदायका व्यक्तिलाई शिक्षा, तालिम र सूचना कार्यक्रम संचालन गर्नुपर्छ । विषय गत संघहरुले पनि आफ्ना सदस्य संस्थालाई चेतनशिल बनाउने कुरामा लाग्नु पर्छ ।
- जति पनि सहकारीमा समस्या छ, त्यसलाई समाधान गर्न तथा अब हुन नदिन के गर्नु पर्ला ?
पहिलो कुरा संस्था संचालन पक्ष जिम्मेवार हुन्छ । त्यसपछि कारोबार गर्ने नै सदस्य भएर हुनाले सदस्यले पनि बुझ्नु पर्ने कुरा आउँछ । त्यो पनि एउटा जिम्मेवारी पक्षको रुपमा लिन सकिन्छ । संग संगै सरकारको स्रोत साधनले भ्याए सम्म सहकारी ऐनमा व्यवस्था भएसम्म संस्थाहरुको अनुगमन निरिक्षण गरेर सुझाव दिने कुराहरु पनि त्यसमा पर्दछन् । तर सरकारी तथा रजिष्ट्रारको पक्षबाट सझुाव दिदा पनि धेरै हद सम्म कार्यान्वयन गरेर जाने कुरा संस्थाकै जिम्मेवारी हो ।
- सहकारी ऐन, नियमावली, मापदण्ड कडाइ नभएकाले पनि समस्या आएको भन्ने गरीन्छ नि ?
सहकारी संचालन हुने आधार भनेको ऐन, नियम, विनियम र मापदण्ड हो । विनियम स्वयम संस्थाले नै बनाएको हुन्छ । संस्थाले आफैले बनाएको विनियमलाई पालना गर्ने हो भने धेरै कुराहरु समाधान हुन्छ । एउटा कुरा संस्था स्वयमले बनाएको विनियम अनुसार चल्दैन । राज्यले बनाएको ऐन, नियम, मापदण्ड भित्र रहेर विनियम बनाएपछि यस भित्र रहेर चल्नै पर्छ । कतिपय अवस्थामा यस अनुसार नभएर पनि समस्या आएको हो । सदस्यमा कारोबार गर्नुपर्छ, सदस्यमा विभेद गर्ने गरेका छन् । सदस्यलाई वर्गिकरण गरेर कारोबार गर्ने कुरा कहि पनि छैन । कति पय संस्थामा संस्थापक सदस्य, कारोबारी सदस्य रहेको छ ।
- तपाईले देख्नु भएको सहकारीको मुख्य मुख्य समस्या के हो ?
सहकारीमा चेतनाको अभाव छ । सदस्यले नियन्त्रण गर्नु पर्यो । सदस्य प्रति संचालक उत्तरदायी भएर संस्था संचालन हुनुपर्यो । सदस्यको हितमा काम गर्नु पर्यो । यि कुराहरु मुख्य समस्याकोरुपमा देखा परेको छ । अर्को कुरा विशेष गरी बचत तथा ऋणको कारोबार गर्ने संस्थाहरुमा पूँजी र निक्षेपको अनुपातका कुराहरु रहेका छन् । कति पूँजी बराबर निक्षेप परिचालन गर्ने, कति पूँजी बराबर ऋण लगानी गर्ने । ऋण लगानी पछि संभावित जोखिम व्यवस्था गर्ने देखि लिएर विभिन्न कुराहरु वित्तिय क्षेत्रमा देखिएका समस्या हुन् ।
समाधानको उपाय के हुन सक्छ त ?
पहिलो कुरा सहकारी शिक्षाको व्यापकता नै हो । यसमा सबै निकाय मिलेर लाग्नु पर्छ । संस्था आफू स्वयमले पनि सबै संस्थालाई जागरुप बनाउनु पर्यो । जागरुक बनाएर सदस्यको भूमिका पहिचान गराउनु पर्यो र सदस्यलाई भूमिका दिनु पर्यो । संस्थाले सदस्य केन्द्रित कारोबार गर्नु पर्छ । समस्याको दिगो पहिचान नै यहि हो । र तत्कालका लागि कानुनमा पनि परिवर्तन गरेर संस्थाहरुमा रहेको सदस्यहरुको निक्षेपहरु सुरक्षित बनाउने कानुन बनाएर जानु पर्छ ।
- पछिल्लो समय बचत तथा ऋण सहकारी ऐन, सहकारी बैंक ऐन माग भइरहेको छ । यो कत्तिको आवश्यक हो तपाईको विचारमा ?
मेरो व्यक्तिगत विचारमा बचत तथा ऋण सहकारीलाई व्यवस्थित गर्नका लागि छुट्टै ऐन आवश्यक छ । ऐन ल्याएर व्यवस्थित गर्न सकिन्छ । बचत तथा ऋण संवेशील विषय भएकाले पनि आवश्यक छ । छुट्टै ऐन बाट निर्देशीत भएभने राम्रो हुन्छ । अन्य कुरामा एउटै ऐन भए पनि हुन्छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
जिल्ला सहकारी संघ काठमाडौंको २६औं साधारण सभा सम्पन्न
१ माघ २०८२, बुधबार
सहकारी अभियन्ता सुदिप ढकाललाई ‘पोखरा रोयल सहकारी संस्थापक अध्यक्ष पुरस्कार’
२९ पुष २०८२, मंगलवार
सहकारीले पनि पाँच लाखभन्दा बढीको नगद कारोबार गर्न नपाउने, धमाधम सूचना जारी
२९ पुष २०८२, मंगलवार