बचत तथा ऋण सहकारीबाट १ खर्ब २२ अर्ब ३३ करोड बचत परिचालन
काठमाडौं, २ साउन । चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा देशभर बचत तथा ऋण सहकारी संस्थाहरुको संख्या १२ हजार ९ सय ८३ पुगेको छ । शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा। युवराज खतिवडाले यी संस्थाहरुले कुल १ खर्ब २२ अर्ब ३३ करोड बचत परिचालन भएको र १ खर्ब १९ अर्ब ३६ करोड ऋण लगानी रहेको जानकारी दिए ।
२०७१ जेठ महिनासम्ममा काठमाण्डौ लगायतका अन्य प्रमुख शहरहरुमा संचालित ठूलो कारोबार गर्ने बचत तथा ऋण सहकारी संस्थाहरुमध्ये ४१८ वटा संस्थाहरुको सघन अनुगमनको भएको राष्ट्र बैंकले जनाएको छ । यसमध्ये उपत्यकाभित्र २ सय २३ र उपत्यका बाहिरका शहरहरुमा १ सय ९५ बचत तथा ऋण सहकारी संस्थाहरु रहेका छन् । बचत तथा ऋण सहकारी संस्थाहरुको कारोबारको अनुगमनमा प्रभावकारिता ल्याउन तथा सहकारी संस्थाहरुमा सुशासन कायम गर्नको लागि नेपाल राष्ट्र बैंकले सहकारी विभागलाई प्राविधिक सहयोग दिंदै आएको छ ।
मौद्रिक नीतिको पूर्ण पाठ पढ्न यहाँ क्लिक गर्नुहोस ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार