सहकारीका ब्यवस्थापकलाई तालीम
ललितपुर ९ असार । सहकारी संस्थाका व्यवस्थापकहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ललितपुर वचत तथा ऋण सहकारी संघ लिमिटेडको आयोजनामा २ दिने आवासिय तालिम सम्पन्न भएको छ । सहकारी संस्थाहरु खासगरी वित्तिय कारोबार गर्ने सहकारीहरुमा सुशासन कायम गर्न, संस्थाको व्यवस्थापकीय दक्षता अभिवृद्धि गर्ने र संस्थाको समग्र संरचनालाई चुस्त बनाउने उद्देश्यले यो तालिम आयोजना गरिएको संघले जनाएको छ । तालिममा ललितपुरको अतिरिक्त काठमाडौं र भक्तपुरबाट गरी ३४ जनाको सहभागीता रहेको थियो ।
नेपालको सहकारीको इतिहास, सहकारीमा सुशासन, अन्र्तर्राष्ट्रिय संघ संगठनहरु, पल्र्स अनुगमन प्रणाली, कर्जा र व्यवस्थापनका विभिन्न विषयहरु समेटेर तालिम दिइएको आयोजकले जनाएको छ । डिभिजन सहकारी कार्यालय ललितपुरका प्रमुख रामहरि लामिछानेद्धारा उद्घाटन गरिएको व्यवस्थापक तालिममा सहभागी प्रशिक्षार्थीहरुले यस्तो खालको व्यवहारिक तालिमले संस्थालाई थप विकास गरी अगाडि बढाउन मद्दत गर्ने विश्वास लिए । विभिन्न विषयको १३ वटा कक्षामा समेटिएको तालिममा केन्द्रिय सहकारी प्रशिक्षण केन्द्रका प्राचार्य गणेश अर्याल, डिभिजन सहकारी कार्यालय ललितपुरका पुर्व प्रमुख बद्रि तिवारी, डिभिजन सहकारी कार्यालय ललितपुरका अधिकृत शशीकुमार लम्साल, कुबेर निरौला लगायतले प्रशिक्षण दिएका थिए ।
संस्थाको निती तथा योजना कार्यान्वयनमा व्यवस्थापकहरुको महत्वपूर्ण भूमिका हुने भएकोले उनीहरुको क्षमता अभिवृद्धि गर्नको लागि तालिम लक्षित रहेको संघका उपाध्यक्ष तथा शिक्षा तालिम उपसमिति संयोजक रामशरण वस्नेतले बताए । आफ्ना सदस्य संस्थाहरुको विकास र प्रर्बद्धनको लागि यस्ता विभिन्न नयाँखाले तालिमहरुको आयोजना गर्दै आइरहेको संघले सञ्चालकहरुको लागि समेत विभिन्न कार्यक्रमहरु आयोजना गर्ने संघले जनाएको छ । दुई दिनसम्म गोदावरीमा सञ्चालित तालिममा १० जना महिला र २४ जना पुरुष प्रशिक्षार्थीहरु समावेश भएका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय साकोस कञ्चनपुरको प्रमुख कार्यकारी अधिकृतमा धर्मराज जोशी नियुक्त
२ कार्तिक २०८३, आईतवार
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार