४ कात्तिक २०८३, मङ्गलबार

सुरु भयो सहकारी डेरी

२०७१ असार ६, शुक्रबार
सुरु भयो सहकारी डेरी

बारा, ६ असार । सिमरामा बिहिबारदेखि सहकारी डेरी पसल सञ्चालनमा आएको छ । डुमरवाना दुग्ध उत्पादक सहकारी संस्थाले आफ्नो उत्पादनको विक्री केन्द्रको रुपमा सिमरामा दुग्ध पदार्थ विक्री आरम्भ गरेको हो । संस्थाले आफ्नो कारखानाबाट उत्पादन गरेको आइसक्रिम, पनिर, दही र दुधलगायत पसलबाट विक्री गर्नेछ ।

सहकारी डेरी पसलको उदघाटन गर्दै जिल्ला पशु सेवा कार्यालय बाराका प्रमुख डा. नारायण श्रेष्ठले मुलुकलाई दुध र दुग्धजन्य पदार्थबाट आत्मनिर्भर बनाउन सहकारी अभियानले ध्यान दिनुपर्ने बताए । कार्यक्रममा बोल्दै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफ्स्कूनका सञ्चालक कृष्ण पौडेलले डुमरवाना दुग्धउत्पादक सहकारी संस्थाले दुग्ध परिकारको कारखाना सञ्चालन र विक्रीले यस भेगको आर्थिक क्रियाकलापमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

संस्थाले करीव १३०० सदस्यहरुबाट दैनिक पांच हजार दुध संकलन र वार्षिक सात करोडको कारोवार गरिरहेको संस्थाका अध्यक्ष नारायण बर्तौलाले बताए । संस्थाले सदस्यहरुबाट दुध संकलन, पशुपालनका लागि कर्जा लगानी, उन्नत नश्लको पशु, दाना, बिमा र अन्य सेवा पुर्याई रहेको छ । संस्थाको कारखाना निर्माणमा व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) र पसल सञ्चालका लागि जिल्ला पशु सेवा कार्यालयले सहयोग गरेको छ ।

अभिलेख

लोकप्रिय