३ कात्तिक २०८३, सोमबार

कृषि सहकारीबाट लाभान्वित

२०७१ असार १, आईतवार
कृषि सहकारीबाट लाभान्वित

कैलाली, १ असार । कैलाली जिल्लाका आठ हजार ७७१ जना किसान कृषि सहकारीबाट लाभान्वित हुँदै आएका छन् । जिल्लाका दुई नगरपालिका र ४२ गाविसका किसानले कृषि सहकारी गठन गरी कृषि उत्पादन गर्न थालेपछि उनीहरू लाभान्वित हुँदै आएका हुन् ।

जिल्लाका ग्रामीण भेगमा गठन भएका कृषि सहकारी समूहमा आबद्ध किसानहरूका लागि जिल्ला कृषि विकास कार्यालयले दक्षता अभिवृद्धि गर्न तालिम, कृषक पाठशाला, अनुदान सहयोग, उत्रत बीउ, साना सिँचाइ प्रणलीलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको योजना अधिकृत लोकराज उपाध्यायले बताए।

कृषि समूह गठनले सहजरूप्मा मल, बीउ उपलब्ध गराउनुका साथै किसानले उत्पादन गरेको कृषिजन्य बस्तुलाई बजारसम्म पु¥याउन मद्दत पुग्दै आएको उनले जानकारी गराए । जिल्लामा ३९८ कृषक समूह गठन भएका जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

अभिलेख

लोकप्रिय