आत्मनिर्भरको आफ्नै सफलता
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको थुम्पाखरमा स्थापना भएको आत्मनिर्भर बचत तथा ऋण सहकारी संस्था यस क्षेत्रका परिचित र सफल सहकारी हो । आफ्नै भवन बनाउन सफल सहकारीले थुम्पाखर र आसपासका क्षेत्रका बासिन्दाहरुलाई बचत तथा ऋणमा सहभागी गराएर उनीहरुको आयआर्जन र शसक्तिकरणमा महत्वपूर्ण भुमिका खेल्दै आएको छ । ग्रामीण क्षेत्रमा स्थापना भएर पनि सहकारीले धेरै सदस्यको मन जितेर उत्कृष्ट कारोबार गर्न सफल भएको छ ।
सहकारीले लघु वित्त कार्यक्रममार्फत गरेको लगानीले महिला सदस्यता बृद्धि, वचत नियमितता, ऋण असुली प्रक्रियामा सहजता, क्षमता विकास जस्ता फाइदा पुगेको छ । त्यस्तै लघुवित्त अन्र्तगतको महिला समूहको सिकाईबाट संस्थाको आत्मनिर्भर बालसमूह तथा स्वयमसेवकको सक्रियतामा ११ वटा बाल समूह निर्माण तथा परिचालन भएको छ । सहकारीले सरकारी र अन्य गैह्रसरकारी क्षेत्रको सहयोगमा विभिन्न कार्यक्रम समेत गर्दै आएको छ । संस्थाको लघुवित्त समुहका सदस्यहरुको क्षमता विकास र आयआर्जनको विकासका लागि जिल्ला शिक्षा कार्यलयबाट इसार्डको समन्वयमा प्रतेक समुहमा १० हजारका दरले प्राप्त अनुदान रकम ११ वटा समुहमा परिचालन गरेको छ भने ईसार्डको सहयोगमा सेतीदेवी बचत समूह सुनखानी ३ कान्ले÷राम्चेमा आधारशीला तालिम र उपहार वितरण गरिएको छ । सामुदायिक विकास कोष थुम्पाखरको सहयोगमा समुह संचालन तथा निर्णय लेखन तालिम र थुम्पाखर २ मा २ पटक र थुम्पाखर ३ मा १ पटक पुर्व सहकारी शिक्षा तालिम संचालन भएको छ ।
सहकारी मूल्यमा आधारित प्रतिस्पर्धी एवं सक्षम नमूना बित्तिय संस्था बनाउने अभियानमा लागेको आत्मनिर्भरले बित्तिय कारोबारबाट सहज ढंगबाट सदस्यलाई आर्थिक, सामाजिक तथा सास्कृतिक अवस्थामा परिर्वतन ल्याउने सहयोग पुर्याउने लक्ष्य राखेको छ । आगामी बर्षका लागि लघुबित्त समूह सदस्य बिस्तार, सहकारी शिक्षा प्रदान,सदस्य उत्प्रेरणामुलक कार्यक्रम, ऋण सुरक्षण कोषको वृद्धि, लघुबित्त कार्यक्रम बिस्तार र ब्यवस्थापन गर्ने लगायतका उद्देश्य राखेको छ । आगामी बर्षमा समुहहरुमा बज्र फाउन्डेसन र उपस्वास्थ्य चौकी थुम्पाखरको सहयोगसँग मिलेर स्वास्थ्य र सरसफाई सम्बन्धी तथा नेफ्स्कून, इसार्ड, टुकी संघ, कृषि विकास कार्यलय, साना किसान बैंक र सहयोगी निकायहरुको सहयोगमा आयआर्जन तथा विषयगत तालिम सञ्चालन गर्ने लक्ष्य लिएको सहकारीले आफ्नो भवन निर्माण निर्माण गरिसकेकोमा कार्यालय व्यवस्थापनलाई अझ व्यवस्थित बनाउने योजना सहकारीको छ ।
सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नं. १ अन्तर्गत थुम्पाखर, पाँग्रेटार, ठुलोपाखर, जेठल र सुनखानी पाँच गाविसमा आफ्नो अभियान अघि बढाएको सहकारीले बचत ऋणका साथै ती वस्तीहरुमा शसक्तिकरण र क्षमता विकासका कार्यक्रमहरु समेत अघि बढाएको छ । नेस्कुनको प्राविधिक सहयोगमा सहकारीले अघि बढाएको लघुवित्त कार्यक्रम यहाँ प्रभावकारी देखिएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय साकोस कञ्चनपुरको प्रमुख कार्यकारी अधिकृतमा धर्मराज जोशी नियुक्त
२ कार्तिक २०८३, आईतवार
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार