सहकारीका नाममा नक्कली फेसबुक चलाउने को ?
यस्तै सहकारी क्षेत्रमा लागेका सहकारी आन्दोलनका अभियानताहरुका लागि पनि फेसबुक सुचनाको दरिलो माध्यम बन्दै गएको छ ।पछिल्लोसमय फेसबुक लगायतका सामाजिक संजालको सहि प्रयोगले कसैको उद्दार गर्नसकिने, मनका कुराहरु साथीहरुमाझ राख्न सहजहुने जस्ता काममा टेवा पुर्याएको छभने वर्षौसम्म छुट्टिएर रहनु परेका साथीहरु र परिवारजनलाई नजिक बनाइदिएको छ।
काठमाडाै । फेसबुक लगायतका सामाजिक संजालहरुले मानिसलाई जति सहज अनुभूति दिएको छ, त्यतिनै दुःख, असहजता र समस्यामा पार्ने गरेको छ । फेसबुकबाट नै कतिले बर्षौ सम्म नभेटेका मिल्ने साथी सँगको सम्बन्धलाई नजिक बनाउन सजिलो भएको छ त कसैलाई नयाँ नयाँ साथी बनाउन ।
त्यस्तैपछिल्लो समय नेपालमा मौलाएको अनलाईन पत्रकारितालाई फेसबुक र ट्वीटरलगायतका सामाजिक संजालहरुले निकै ठूलो सहयोग गरेको छ । सामाजिक संजालकोमाध्यमबाट विश्वभर फैलिएका मानिसहरुले समाचार तथा जानकारीहरु प्राप्त गर्नसकेका छन् । अनलाईन पत्रकारिताको एउटा पाटो बनेको छ सामाजिक संजाल ।
सामाजिकसंजालको प्रयोगसँगै प्रयोगकर्ताहरुले यसको दुरुपयोग गर्न थालेका छन् ।निशुल्क प्रयोग गर्न पाइने भएको कारण यसको लोकप्रियता जति बढ्दो छ त्यतिनैमात्रामा दुरुपयोग पनि । सहकारीनाम जोडेर खोलिएका केही फेसबुक पेजमा सहकारी संस्थामा सुरक्षित ऋण लगानिकालागि ऋण सदस्य खोजिदिने भन्दै विज्ञापन गर्न थालेका छन् ।
सहकारीका नाममा फेसबुक कसले चलाउँछ यो रहस्यको विषय नै बनेको छ । अहिले सहकारीका सुचना गतिविधी दिने र सल्लाह दिने नाममा सहकारी खबर संगालो,सहकारी सुचना, सहकारी मैत्री सेवा, जय सहकारी लगायताका फेसबुक एकाउन्ट सञ्चालनमा छन् ।
सहकारी सुचना र सेवा दिने नाममा नक्कली एकाउण्ट बनाएर फेसबुक चलाउनेहरु कतिपए त सहकारी सञ्चाकहरु नै रहेको अनुमान गरिन्छ तर पनि सत्य के हो त्यो बाहिर आउन सकेको छैन । यसरीसहकारीको नाममा चलाइएको फेसबुक पेजहरुमा हजारौंसाथीहरु छन् । ति मध्ये सहकारीकमर्मीहरुको संख्या अधिक छ । सहकारीका नक्कलीफेसबुकको प्रयोगको विषयमा कुनै उजुरी अएको छैन , संलग्न देखिए कारबाही हुन्छ प्रहरी प्रधानकार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका प्र.उ. पिताम्बर अधिकारीले भने । बैक तथा बित्तिय संस्थाकाहरुकामा निगरानि गरेको तर सहकारीका अहिले सम्म त्यसता घटनाको उजुरी नआएको प्रहरीको भनाई छ । फेक आइडी बनाएर चलाउनेहरुलाई साइबर ल अनुसार खोजी गरेर कारवाहीहुने अधिकारीको भनाइ छ ।
यो पनि पढ्नुस
लौ हेर्नुस ठगीको नयाँ तरिका , सहकारीको निक्षेप सुरक्षित ऋण लगानी गर्न ऋणी सदस्य खोजिदिने !
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
कोअपरेटिभ म्यानेजर्स क्लव, स्याङ्जाको अध्यक्षमा शिव वाग्ले
३० बैशाख २०८३, बुधबार
सहकारी मन्त्रालयका सचिव भुजेललाई प्राधिकरण अध्यक्षको जिम्मेवारी
३० बैशाख २०८३, बुधबार
सहकारी पत्रकारितामा दक्षता बढाउन बागमती प्रदेशका ४० पत्रकार एकै ठाउँमा
२८ बैशाख २०८३, सोमबार