१४ बैशाख २०८१, शुक्रबार

लौ हेर्नुस ठगीको नयाँ तरिका , सहकारीको निक्षेप सुरक्षित ऋण लगानी गर्न ऋणी सदस्य खोजिदिने !

२७ जेष्ठ २०७१, मंगलवार
लौ हेर्नुस ठगीको  नयाँ तरिका , सहकारीको निक्षेप सुरक्षित ऋण लगानी गर्न ऋणी सदस्य खोजिदिने !

काठमाडौ , २७ जेठ । समाजिक सञ्जाल अर्थात फेसबुक जो सुकैलाई पनि अहिले सुचना आदान प्रदान गर्ने गतिलो र छरितो माध्यम बनेको छ । फेसबुकबाट नै कतिले बर्षौ सम्म नभेटेका मिल्लने साथी सँगको सम्बन्धलाई नजिक बनाउन सजिलो भएको छ त कसैलाई नयाँ नयाँ साथी बनाउन ।

यस्तै सहकारी क्षेत्रमा लागेका सहकारी आन्दोलनका अभियानताहरुका लागि पनि फेसबुक सुचनाको दरिलो माध्यम बन्दै गएको छ । चाहे आफ्ना संस्थाले गरेका  परोपकारी काम हुन वा वित्तिय क्षेत्रमा आफुले गर्न खोजेको योगदान नै किन नहोस खुसी बाड्ने माध्यम यहिनै हो । तर सावधान सहकारी नाम जोडेर खोलिएका केही फेसबुक पेजमा सहकारी संस्थामा सुरक्षित ऋण लगानिका लागि ऋण सदस्य खोजिदिने भन्दैै विज्ञापन गर्न थालेका छन् ।

नपत्याए हेर्नुहोस फेसबुकमा राखिएको माथिको तस्विरलाई जहा भनिएको छ  , वित्रिय सहकारी संस्थामाको  निक्षेपको ऋण लगानी हुन नसकेर चिन्तीत भएकाहरुलाई ऋणी सदस्य खोजिदिने भनिएको छ ।  आजकल सहकारीका दलालहरुले फेसबुकलाई दुरुपयोग गरेर ठगी गर्ने प्रपन्च त रच्दैछैनन् । हैन यो कस्तो चाला हो ।  नियामक निकायले यता पनि ध्यान दिनु पर्यो नी खै ?

अभिलेख

लोकप्रिय