३ कात्तिक २०८३, सोमबार

आर्थिक रुपान्तरणमा सहकारीको भूमिका उच्च – मन्त्री निधी

२०७१ जेठ ३१, शनिवार
आर्थिक रुपान्तरणमा सहकारीको भूमिका उच्च – मन्त्री निधी

काठमाडौं , ३१ जेठ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले सहकारीमार्फत नै देशको विकास सम्भव रहेको  बताएका छन् ।  महेन्द्रनारायण निधि मेमोरियल स्वास्थ्य सहकारी संस्थाको तेस्रो वार्षिकसाधारणसभामा बोल्दै मन्त्री निधिले सहकारीले देशको रचनात्मक विकास गर्नसक्ने बताएका हुन् ।  ‘विशेषतः सहकारीले उत्पादनशील क्षेत्रमा लगानी वृद्विगर्न सक्नुपर्छ, यसो हुन सके मात्र देश विकास हुन सक्छ’ उनले भने ।सरकारको नीति तथा कार्यक्रम बनाउने क्रममा सहकारीलाई उत्पादनशील क्षेत्रमालगानी गर्ने वातावरण निर्माण गर्नका लागि छलफल भइरहेको उनले जानकारी दिए ।नेपालको सामाजिक तथा आर्थिक विकासमा सहकारीले महत्वपूर्ण योगदान दिन सक्छ’ उनले भने । –‘तर अधिकांश सहकारी बचत तथा ऋणमा मात्र केन्द्रित छन् ।’

छिमेकीदेश भारतको अमूल सहकारीले कृषि क्षेत्रमा रचनात्मक विकास गरेको भन्दैमन्त्री निधिले हाम्रा सहकारीले पनि कृषिलगायत उत्पादनशील क्षेत्रमा लगानीगर्नुपर्नेमा जोड दिए । आर्थिक रुपान्तरणमा सहकारीको भूमिका उच्च रहनेभएकाले सरकारले सहकारीलाई सहीरुपमा परिचालन गर्नुपर्ने उनको भनाई थियो ।

नेपालीकांग्रेसका पूर्व महामन्त्री केबी गुरुङले महेन्द्र नारायण मेमोरियलअस्पतालले गाउँगाउँसम्म स्वास्थ्य सेवा दिन थालेकोमा खुसी व्यक्त गरे ।  पूर्वमन्त्री दीपकुमार उपाध्यायले सहकारीमार्फत गाउँगाउँमा आर्थिक क्रान्तिगर्न सजिलो हुने बताए । सहकारीले स्वास्थ्य सेवामा राम्रो सेवा दिन सक्नेउनले विश्वास व्यक्त गरे । नेपाल सरकारका पूर्व मुख्य सचिव विमल कोइरालालेस्वास्थ्यजस्तो नैसर्गिक अधिकारलाई सहकारीले सहिरुपले सेवा दिन सक्नुसकारात्मक भएको बताए । महेन्द्र नारायण स्मृति प्रतिस्ठानका अध्यक्षपुरुषोत्तम दाहालले लगानीको प्रतिफल मात्र नहेरी सेवाको भावले लगानी गर्नसुझाव दिए । सहकारी गैर नाफा रहित भएकाले स्वास्थ्य सेवालाई सबल बनाउनसहकार्य गर्नुपर्नेमा उनको जोड थियो । नेपाल निर्माण व्यवसायी महासंघकाअध्यक्ष जयराम लामिछानेले अस्पतालमा निर्माण व्यवसायीले ६० लाख रुपियाँलगानी गर्ने प्रतिवद्वता व्यक्त गरे ।

महेन्द्र नारायण निधिमा नयाँ नेतृत्व

महेन्द्रनारायण निधि मेमोरियल स्वास्थ्य सहकारी संस्था लिमिटेडको तेस्रोसाधारणसभाले भानुभक्त ढकालको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।संस्थाको उपाध्यक्षमा राजेशहरि जोशी रहेका छन् ।

संस्थाकोसञ्चालकमा अनामिका निधि, बालकृष्ण राई, नरोत्तम वैद्य, शालिराम मिश्र, गोविन्दप्रसाद शर्मा, सिताराम काफ्ले, पुनम खड्का, नानुमैया बास्तोला, ऋषिकेश नारायण श्रेष्ठ, दिपक दत्त, कपिलदेव शाह, पशुपति कुमार सिंह माथेमा, नारायण कुमार श्रेष्ठ रहेका छन् । त्यस्तै मित्रलाल गिरी, उत्तरबहादुर ऐर, रामशरण घिमिरे, दक्ष पौडेल, पुष्पबहादुर पौडेल, चन्द्रप्रसाद ढकाल, डिल्लीराम तिवारी, भागवतप्रसाद मल्ल, राजेन्द्र पौडेल, सोमनाथ दाहाल, गोविन्दबहादुर मल्ल, राधा घले, राजकुमार लामा सञ्चालक सदस्यमा निर्वाचितभएका छन् ।

त्यस्तै कृष्णकुमार मगरको संयोजकत्वमा लेखा समितिचयन भएको छ । समितिको सदस्यमा निनु कर्ण, कमल अधिकारी निर्वाचित भएका छन् ।संस्थाको आमन्त्रित सञ्चालकमा पुरुषोतम थापा, शान्ताराम बस्नेत, महेशआचार्य रहेका छन् ।

अभिलेख

लोकप्रिय