४ कात्तिक २०८३, मङ्गलबार

चितवनका २२ सहकारीको दर्ता खारेज

२०७१ जेठ २८, बुधबार
चितवनका २२ सहकारीको दर्ता खारेज

चितवन २८ जेठ । सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयले २२ वटा सहकारीको दर्ताखारेज गरेको छ । सहकारी मापदण्ड तथा नियमअनुसार सञ्चालन नभएको भन्दैकार्यालयले जिल्लामा सञ्चालनमा आएका छ सय ५१ सहकारीमध्ये २२ वटा सहकारीसंस्थाको दर्ता खारेज गरेको हो ।

कार्यालयकाप्राचार्य केशवबहादुर थापाले पटक–पटक ताकेता गर्दा पनि कार्यालयकोसम्पर्कमा नआएको र साधारणसभा लेखा परीक्षण समेत नगराएको पाइएपछि तीसहकारीको दर्ता खारेज गरिएको बताए ।

कार्यालयले ३५ दिनभित्रमा कार्यालयकोसम्पर्कमा आउन अपिल गरे पनि ती सहकारी संस्था सम्पर्कमा आएका थिएनन् ।पछिल्लो समय जिल्लामा सहकारी दर्ता गर्ने क्रम बढे पनि सोहीअनुसार कामहुनसकेको छैन ।

अभिलेख

लोकप्रिय