सहकारी प्रशिक्षकहरुलाई अभियानको विकासमा लाग्न सुुझाव
– गोविन्द मरासिनी
भक्तपुर २७ जेठ । जिल्ला बचत तथा ऋण सहकारी संघ लि भक्तपुरको संस्थागत विकास उपसमितिको आयोजनामा जिल्ला विकास समिति भक्तपुरको साझेदारमा चार दिने सहकारी प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ ।
तालिमको समापन समारोहका प्रमुख अतिथि डेक राज पोखरेलले तालिममा सहभागीहरुलाई प्रमाण पत्र प्रदान गर्दै सहकारी प्रशिक्षकहरुको अभावले सहकारीको मुलभूत कुरा जनतालाई सूसुचित गर्न नसकेको कारण नै हाल नेपालको सहकारी अभियानले मुर्त रुप लिन नसकेको बताउदै उत्पादित प्रशिक्षकहरु सहकारी अभियानको विकासमा लाग्नुपर्ने विचार व्यक्त गरे ।
संघका अध्यक्ष राधेश्याम सुवालले स्थानिय तहमै स्थानिय सहकारी प्रशिक्षकहरु उत्पादन गर्ने उद्देश्यले तालिम आयोजना भएकोले उत्पादीत प्रशिक्षकहरु सहकारीको माध्यमबाटै आफ्नो ज्ञान सिप र दक्षता अभिबृद्धि गर्नुपर्ने बताए । सहजकर्ता उषा मल्ल सिंहले प्रशिक्षार्थिहरु राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रशिक्षक हुन सक्ने सम्भावना रहेको शुभकामना व्यक्त गरे । प्रशिक्षार्थीहरु मध्ये महिलातर्फबाट विश्वास साकोसका सनिता श्रेष्ठ र पुरुषतर्फ गणेश प्रसाद दुवालले बोलेका थिए ।
सभापतित्वको आशनबाट संघका संचालक एवं संस्थागत विकास उपसमितिका संयोजक केदार खड्काले सिकेका कुराहरु आफ्नै प्रारम्भिक संस्थाहरुबाट शुरु गर्नुपर्ने बताए । तालिममा २६ वटा संस्थाबाट २७ जनाको सहभागिता रहेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय साकोस कञ्चनपुरको प्रमुख कार्यकारी अधिकृतमा धर्मराज जोशी नियुक्त
२ कार्तिक २०८३, आईतवार
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार