चन्द्रसुर्य साकोसको स्वास्थ्य शिविर
ललितपुर, २६ जेठ । सहकारीको सातौं सिद्धान्तको परिपालनमा जोड दिन र व्यावसायिक सामाजिक उत्तरदायित्व वहन गर्ने अभिप्रायले लगनखेलस्थित चन्द्रसुर्य वचत तथा ऋण सहकारी संस्थाले एक दिने स्वास्थ्य शिविर आयोजना गरेको छ ।
ललितपुरको दक्षिणी भेग गोटिखेलमा सम्पन्न सो शिविरबाट ५१२ जनाले प्रत्यक्ष स्वास्थ्य परीक्षणको लाभ लिएका थिए । मुटुरोगसँग सम्बन्धित स्वास्थ्य परीक्षण गरिएको यो शिविरमा २७ जनाको इको टेस्ट, ७२ जनाको इ.सी.जी. र १०० जनाको ल्याव टेस्ट गरिएको थियो । शिविरमा स्वास्थ्य परीक्षण गर्न आउनेमध्ये केहिको जटिल रोगहरु समेत पत्ता लागेको थियो ।
नेपाल हार्ट फाउन्डेशन, एच.आर.एल क्लिनिक, जिल्ला जनस्वास्थ्य कार्यालय, गोटिखेल गाविस, स्थानीय विश्वासिलो वचत तथा ऋण सहकारी संस्था लगायतका संस्थाहरुको संलग्नतामा यो शिविर सम्पन्न भएको हो । बरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी नेतृत्वको टोलीले स्वास्थ्य परीक्षण सम्पन्न गरेको हो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय साकोस कञ्चनपुरको प्रमुख कार्यकारी अधिकृतमा धर्मराज जोशी नियुक्त
२ कार्तिक २०८३, आईतवार
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार