३ कात्तिक २०८३, सोमबार

मल, बिउ बिजन बाड्न छाडेर कृषि संघ कंक्रिटको सहरमा गमला बाड्दै

२०७१ जेठ २४, शनिवार
मल, बिउ बिजन बाड्न छाडेर कृषि संघ कंक्रिटको सहरमा गमला बाड्दै

यूएनले घोषणा गरेको यो पारिवारिक बर्ष खेती कार्यक्रम ग्रामिण क्षेत्रमा रहेका कृषि सहकारीमा बढावा दिनुको साटो गमला खेतीको नाममा डलर कुम्लयाउने प्रस्ट देखिन्छ । साना किसान विकास बैंकका अध्यक्ष समेत रहेका पाठकले मासु उत्पादनका लागि भन्दै अरबौ रुपैयाँ सरकारबाट लिएका थिए । तर अहिले सम्म कति उत्पादन भयो त्यसको यकिन तथ्यांक समेत संघ र साना किसान बैंकसंग छैन । कृषि सहकारी संघले तय गरेका कार्यक्रमको उपलब्धी नआउदै नयाँ कार्यक्रम सुरु गरेको छ  ।
छतमा गमला राखेर खेती गर्ने उसको अभियानमा जेठ १९ गते एक दैनिक पत्रिकामा सुचना समेत जारी गरि उपत्काकावासीलाई गमला लिन आह्वन समेत गरेको छ । तर संघका अध्यक्ष पाठक गमला वितरण के कती भए त्यसको तथ्यांकको बारेमा आफु जानकार नभएको बताउछन । संघको अन्य कार्यक्रममा नै म व्यस्त छु , पाठकले भने । काठमाडौमा कति घरधनी होलान र ति घर धनीले अहिले सम्म के गमला नै राखेका छैनन् र ? संघले अर्ग्यानीक तरकारी उपत्यकावासीलाई खुवाउने नाममा कति गमला बाड्यो र कतिले तरकारी फलाउन थाले यसको तथ्यांक कहिले आउला ?

काठमाडौ । केन्द्रीय कृषि सहकारी संघका अध्यक्ष खेम बहादुर पाठक अहिले निकै हतारोमा भेटिन्छन । देशभरका कृषि सहकारीका अध्यक्ष रहेका उनि ति सहकारीहरुको प्रवद्र्धनका लागि हैन गमलामा तरकारी फलाउने चटारो उनलाई  छ । अन्तर्राष्ट्रिय पारिवारिक खेती वर्र्ष २०१४ राष्टिय कार्यान्वयन समिति नेपालका अध्यक्ष पनि हुन खेमबहादुर पाठक   ।
कहिले राउटे र बनकरियाका सहकारी  खोल्ने र  कहिले कृषि बजार खोल्ने नाममा चर्चामा आउने पाठकले यूएनको कार्यक्रम हात पारेर गाँउ स्तरका कृषि सहकारीलाई मल, बीउँ बाड्नुको साटो कंक्रिटको सहरमा बिषादी रहित तरकारी फलाउने सपना बाड्न थालेका छन् ।
यो कार्यक्रमका  लागि सरकारले कृषि विकास मन्त्रालयमार्फत एक करोड रुपैयाँ सहयोग गरेको छ । कार्यक्रममा कृषि मन्त्री हरिप्रसाद पराजुलीको संरक्षकत्वमा र मन्त्रालयका सचिव जयमुकुन्द खनालको अध्यक्षतामा १९ सदस्यीय राष्ट्रिय निर्देशक समिति गठन भएको छ  । सो समितिमा राष्ट्रिय योजना आयोग, कृषि तथा पशु विभागका महानिर्देशक, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), कृषि तथा वन विश्वविद्यालय, सहकारी विभाग, किसान सञ्जालहरु र राष्ट्रिय सहकारी संघ लगायतबाट प्रतिनिधित्व रहेको छ ।

अभिलेख

लोकप्रिय