३ कात्तिक २०८३, सोमबार

आर्थिक विकासका लागि सबैको ध्यान सहकारीप्रति आकृष्ट हुनुपर्छ : श्रेष्ठ

२०७१ जेठ २४, शनिवार
आर्थिक विकासका लागि सबैको ध्यान सहकारीप्रति आकृष्ट हुनुपर्छ : श्रेष्ठ

बागलुङ । सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले नेपालको समग्र आर्थिक विकासका लागि सबैको ध्यान एक पटक सहकारीको प्रवद्र्धनमा जानु पर्ने बताएका छन् ।

डिभिजन सहकारी कार्यालय बागलुङको अनुगमन तथा निरिक्षणका लागि बिहीवार बागलुङ आएका सचिव श्रेष्ठले गरिवी निवारणका लागि सहकारी अभियानलाई सही रुपमा अगाडि बढाउनका लागि सहकारी क्षेत्रसंगै राज्यका सबै क्षेत्रको सक्रियता आवश्यक रहेको बताए ।

गरिवी निवरणका लागि राज्यले लगानी गर्ने स्रोत साधन सहकारी मार्फत परिचालन गर्नु पर्नेमा उनले जोड दिए । महिला, विपन्न वर्ग क्षेत्रका जनताको आयस्तर माथि उठाउन सहकारीले महत्वपूर्ण काम गरेको भन्दै सचिव श्रेष्ठले सहकारीको योगदानको बारेमा पुनमूल्यांकन हुनु पर्नेमा जोड दिए ।

सचिव श्रेष्ठलाई डिजिभन सहकारी कार्यालय बागलुङका अधिकृत विष्णुप्रसाद सुवेदी लगायत कर्मचारी र जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष रामबहादुर जिसीले स्वागत गरेका थिए ।

डिभिजन सहकारी अधिकृत सुवेदीले डिभिजन सहकारी कार्यालयका साथै समग्र धौलागिरि अञ्चलको सहकारीको अवस्थाका बारेमा जानकारी गराएका थिए । यसैबीच सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले उत्पादन, प्रशोधन र बजारीकरण क्षेत्रमा उल्लेख्य काम गरेको बागलुङ दुग्ध उत्पादक सहकारी संघ र धौलागिरि अञ्चलको पहिलो सञ्चार सहकारी आदर्श सञ्चार सहकारी सस्थाको अनुगमन गरेका थिए ।

अनुगमन पछि सचिव श्रेष्ठले बागलुङ जिल्लामा उत्पादन, सेवा र बचत तथा ऋणका क्षेत्रमा सहकारीहरुले गरेको प्रगतिबाट आफु उत्साहित भएको बताए । बागलुङ दुग्ध सहकारी संघका बारेमा अध्यक्ष युक्तप्रसाद कंडेल र आदर्श सञ्चार सहकारी संस्थाका बारेमा अध्यक्ष मनकुमारी केसीले जानकारी गराएका थिए ।

अभिलेख

लोकप्रिय