दोलखा मध्यमाञ्चलको नमूना सहकारी जिल्ला
दोलखा । सहकारी विभागले दोलखालाई मध्यमाञ्चलको सहकारी नमूना जिल्ला बनाउने भएको छ । सहकारी मार्फत अर्थतन्त्रको विकास गर्न विभागले हरेक विकास क्षेत्रमा एक÷एक जिल्लालाई नमूनाको रुपमा विकास गर्ने कार्यक्रम अनुसार मध्यमाञ्चल विकास क्षेत्रबाट दोलखालाई छनौट गरेको हो ।
सहकारी विभागले चरिकोटमा आयोजना गरेको ‘नमूना जिल्ला सहकारी प्रबद्र्धन’ विषयक अन्र्तक्रिया कार्यक्रममा विभागका रजिष्टार केदार न्यौपानेले जिल्लामा वातावरण बने अर्को कार्यक्रममा सहकारी नमूना जिल्ला घोषणा हुने बताए । सहकारीले स्वस्थ प्रतिष्पर्धात्मक वातावरणमा व्यवसायिक योजनाअनुसार काम गरे नेपालको अर्थतन्त्रको महत्वपूर्ण खम्वा सहकारी नै हुने उनले बताए । सहकारीहरु गरिबी घटाउने, रोजगार सिर्जना, औद्योगिक विकास र उत्पादनमा लाग्नु पर्नेमा उनले जोड दिए ।
उनका अनुसार विभागले नमूना जिल्ला बनाउनका लागि पूर्वाञ्चलको धनकुटा, मध्यमाञ्चलको दोलखा, पश्चिमाञ्चलको पाल्पा, मध्यपश्चिमाञ्चलको रोल्पा र सुदुरपश्चिमाञ्चलबाट कन्चनपुरलाई छनौट गरेको छ । विभागले कन्चनपुरबाहेक सबै जिल्लामा प्रारम्भिक चरणको अन्र्तक्रिया कार्यक्रम समेत सम्पन्न गरेको उनले बताए ।
सहकारी ऐन २०४८ र नियमावली २०४९ पुरानो भएकाले त्यसलाई समयसापेक्ष संशोधन गर्नु पर्ने उनले बताए । तत्कालिन समयमा ८ सय सहकारी हुँदा बनेको ऐन अहिले ३० हजार हुँदा समेत कायम हुँदा त्यसै ऐनका आधारमा काम गर्न गाह्रो भएको बताए । सहकारी मार्फत कृषि, पशुपालनमा जोड दिनुपर्ने बताए ।
सहकारीहरुले उद्देश्य अनुसार काम गर्नु पर्नेमा जोड दिंदै एकै व्यक्ति एउटै उद्देश्य भएका धेरै सहकारीमा सदस्य बन्ने परम्परा रहेकाले अब एक व्यक्ति एक सहकारीको मापदण्ड लागू रहेको बताए । सहकारीहरुले त्यसलाई व्यवहारमा लागू गर्न सहकारी सञ्चालकहरुलाई आग्रह गरे । सहकारीहरु मर्जरको अभियानमा लाग्नुपर्नेमा पनि उनले जोड दिए । मर्जरमा जाने सहकारीहरुलाई सरकारका तर्फबाट कर छुट लगायतका सहुलियतका विषयमा सरकार अभ्यास गरिरहेको समेत उनले जानकारी दिए ।
कार्यक्रममा सभासद तथा एमाले पोलिट्व्यूरो सदस्य पशुपति चौलागाईले अबको ग्रामीण अर्थतन्त्रको विकासमा सहकारी नै उपयुक्त माध्यम भएकाले सहकारीलाई कर छुट लगायतका विषयमा संसदमा कुरा उठाउने बताए । सहकारीहरुका पुराना ऐन नियमावली संशोधनका लागि समेत आफूले भूमिका खेल्ने बताए । कार्यक्रममा दोलखा र रामेछापका प्रमुख जिल्ला अधिकारीहरु, र सहकारी सञ्चालकहरु रहेका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार
राष्ट्रिय सहकारी बैंकको निर्वाचन जेठ ९ गते, निर्वाचन कार्यतालिका केही दिनमा
१६ बैशाख २०८३, बुधबार
तेस्रो वार्षिकोत्सवमा आईस्मार्टको विशेष अफर सार्वजनिक
१४ बैशाख २०८३, सोमबार