४ कात्तिक २०८३, मङ्गलबार

गणेशप्रसाद बस्नेत उत्कृष्ट सहकारी अभियन्ता पुरस्कार मोरङका सहकारीकर्मी केशव पोखरेललाई

२०७१ जेठ १३, मङ्गलबार
गणेशप्रसाद बस्नेत उत्कृष्ट सहकारी अभियन्ता पुरस्कार मोरङका सहकारीकर्मी केशव पोखरेललाई

काठमाडौं । गणेशप्रसाद बस्नेत उत्कृष्ट सहकारी अभियन्ता पुरस्कारबाट मोरङका सहकारीकर्मी केशव पोखरेल सम्मानित हुने भएका छन् ।

स्वर्गीय गणेशप्रसाद बस्नेतको स्मृतिमा झापा दमकको मेची सहकारी संस्थाले स्थापना गरेको पुरस्कारबाट सहकारी आन्दोलनमा योगदान पुर्‍याएबापत पोखरेललाई सम्मान गरिने घोषणा गरिएको हो ।

२० हजार रुपैयाँ राशीको पुरस्कार आगामी भदौमा प्रदान गरिने मेची सहकारीका ब्यवस्थापक खोम बगालेले जानकारी दिए।

त्यस्तै ५ हजार राशीको गणेशप्रसाद बस्नेत पत्रकारिता पुरस्कारबाट चेतन अधिकारीलाई सम्मान गरिने भएको छ ।

बस्नेतको स्मृति दिवसको अवसरमा भएको कार्यक्रममा गणेशप्रसाद बस्नेत स्मृतिग्रन्थ पनि सार्वजनिक गरिएको छ ।

अभिलेख

लोकप्रिय