व्यवस्थापिका–संसद्, अर्थ समितिको प्रश्न– सहकारी मन्त्रालयको कार्यप्रगति के ?
प्रगतिबारे जानकारी दिदैं गरिब घरपरिवार पहिचान र परिचयपत्र व्यवस्थापन तथा वितरण समन्वय बोर्डका कार्यकारी उपाध्यक्ष दुर्गा भट्टराईले आगामी साउन महिनासम्म गरिबले गरिबीको परिचयपत्र पाउने बताए । बोर्डले गणना निर्देशिकाका आधारमा हालसम्म पहिलो चरणमा छनोट भएका २५ जिल्लाका सबै घरपरिवारबाट विवरण सङ्कलन गरी तथ्याङ्क प्रशोधन गरिरहेको जनाएको छ । बोर्डले विभिन्न मापदण्डका आधारमा गरिबीको पहिचान गरी साउनसम्म पहिलो चरणका जिल्लामा गरिब परिचयपत्र वितरण गरिसक्ने कार्यकारी उपाध्यक्ष भट्टराईले बताए । त्यसपछि बाँकी ५० जिल्लामा पनि सोहीअनुसारको कार्यक्रम सञ्चालन हुने जनाइएको छ ।
बैठकमा मन्त्रालयका निमित्त सचिव सुरेश प्रधान, सहकारी विभागका निमित्त रजिस्ट्रार विष्णु घिमिरे र राष्ट्रिय सहकारी विकास बोर्डका अध्यक्ष सरोजकुमार शर्माले मन्त्रालयमा मन्त्री नहुँदा काम गर्न गाह्रो भएको जानकारी गराए । त्यसैगरी अधिकांश सभासद्ले मन्त्रालय आफैँ गरिब र दयनीय अवस्थामा रहेको गुनासो गर्दै हाल निमित्त सचिवका भरमा सञ्चालन भएकाले तुरुन्त मन्त्री र सचिव नियुक्त गर्नका लागि पहल गर्न ज्येष्ठ सदस्य अधिकारीको ध्यानाकर्षण गराएका थिए । सहकारी तथा गरिबी निवारण मन्त्रालय स्थापनाकालदेखि नै कि साना दलका भागमा पर्ने कि मन्त्री नै नियुक्त नगरी प्रधानमन्त्रीले आफँै राख्ने र समय नदिने कारणले मन्त्रालयको उद्देश्य नै ओझेलमा परेको उहाँहरुले गुनासो गरेको थियो । उत्तरमा अधिकारीले सभासद्को मागबमोजिम मन्त्रालयको अवस्थाबारेमा प्रधानमन्त्रीलाई जानकारी गराउने र यही जेठ १८ गते अर्थमन्त्री एवम् मन्त्रालयका कर्मचारी र राष्ट्रिय योजना आयोगका पदाधिकारीको उपस्थितिमा बजेटपूर्व तयारी छलफल कार्यक्रम गरिने जानकारी दिए ।
बैठकमा सभासद् रीता शाही, पुष्पलता लामा, कमला पन्त, विमल केडिया, शङ्कर भण्डारी, शक्तिबहादुर बस्नेत, केशवप्रसाद बडाल, रमेशप्रसाद कुर्मीलगायतले आफ्नो धारणा राखेका थिए ।
काठमाडौं, ११ जेठ । व्यवस्थापिका–संसद्, अर्थ समितिले सहकारी तथा गरिबी निवारण मन्त्रालय र सोअन्तर्गतका निकायसँग तिनको कार्यप्रगतिबारे आज छलफल गरेको छ । छलफल कार्यक्रममा ज्येष्ठ सदस्यका आधारमा समितिको सभापतित्व गरेका भरतमोहन अधिकारीले समयसीमा तोकेर मन्त्रालय र मातहतका निकायलाई हालसम्मको प्रगतिबारे जानकारीको माग गरेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय साकोस कञ्चनपुरको प्रमुख कार्यकारी अधिकृतमा धर्मराज जोशी नियुक्त
२ कार्तिक २०८३, आईतवार
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार