बढ्दै छ सहकारी एकीकरण
झापा, ९ जेठ । पछिल्लो पटक सहकारी एकीकरण तर्फ चासो बढ्न थालेको छ । झापा जिल्लामा एकै प्रकृतिका सहकारी संस्थाहरु एकीकरण हुने क्रम बढेको छ । यो वर्ष मात्रै चारवटा सहकारी संस्था एकीकरण भएको डिभिजन सहकारी कार्यालय झापाले जनाएको छ ।
धाइजन–८ स्थित परिचय महिला बचत तथा ऋण सहकारी संस्था र मेचीनगर–४ को भरोसा महिला बचत तथा ऋण सहकारी आपसमा एकीकरण भई परिचय महिला बचत तथा ऋण सहकारी संस्थाका रुपमा रूपान्तरित भएका छन् । त्यस्तै शान्तिनगर–५ को अनमोल सुपारी उत्पादन सहकारी संस्था र शान्तिनगरकै नागबेली कृषि सहकारी संस्था एकआपसमा एकीकरण भई नागबेली सुपारी उत्पादन सहकारी संस्था लिमिटेडका रुपमा एकीकृत गरेका छन् । यसअघि सतासी माहुरी कृषि सहकारी र सतासी कृषि सहकारी संस्थाहरु एकीकरण भई सतासी माहुरी कृषि सहकारी संस्थाका रुपमा रूपान्तरित भएका थिए ।
देशभर झण्डै ३० हजार सहकारी दर्ता भएका छन् भने झापा जिल्लामा मात्रै ७१५ वटा सहकारी संस्था दर्ता भएका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय साकोस कञ्चनपुरको प्रमुख कार्यकारी अधिकृतमा धर्मराज जोशी नियुक्त
२ कार्तिक २०८३, आईतवार
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार