साझा प्रकाशन सहकारी संस्थाकी निलम्बित महाप्रबन्धक विरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौ ४ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझा प्रकाशनका निलम्बित महाप्रबन्धक ममता झा विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले ४ जेठमा साझा प्रकाशनका निलम्बित महाप्रबन्धक झा विरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । साझाका अस्थायी सहायकस्तर द्वितीय तहमा कार्यरत कर्मचारी माधवप्रसाद थपलियालाई अस्थायी सहायकस्तर प्रथम श्रेणीमा नियुक्ति दिई झाले साझाको सम्पत्तिमा नोक्सान पु¥याएको अख्तियारको दावी छ ।
उनले आवश्यक न्यूनत्तम शैक्षिक योग्यता बिना नै थपलियालाई नियुक्ति गरेको अख्तियारले जनाएको छ । अख्तियारले रु.३ लाख ६६ हजार ५७७ बिगो असुल उपर गर्न पनि भनेको छ ।
अख्तियारले झासँगै थपलियाविरुद्ध पनि मुद्दा दायर गरेको जनाएको छ । साझा प्रकाशन सहकारी संस्था लिमिटेडकी अध्यक्ष तथा महाप्रबन्धक झा यसअघि नै निलम्बित भएकी थिइन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार
राष्ट्रिय सहकारी बैंकको निर्वाचन जेठ ९ गते, निर्वाचन कार्यतालिका केही दिनमा
१६ बैशाख २०८३, बुधबार
तेस्रो वार्षिकोत्सवमा आईस्मार्टको विशेष अफर सार्वजनिक
१४ बैशाख २०८३, सोमबार