१९ वैशाख २०८३, शनिवार

राजश्व विभागका महानिर्देशक भन्छन, “ सहकारीलाई कर छुट दिए माफियाले सिध्याउछन् ”

२०७१ जेठ ३, शनिवार
राजश्व विभागका महानिर्देशक भन्छन, “ सहकारीलाई कर छुट दिए माफियाले  सिध्याउछन् ”

काठमाडौ ३ जेठ । आन्तरिक राजश्व विभागका महानिर्देशक टंकमणि शर्माले वित्तिय क्षेत्रका माफियाहरुको चलखेल बढ्ने भएकाले सहकारीलाई पुर्णरुपमा कर छुट गर्न नसकिने बताएका छन । सहकारीमा लाग्दै आएको थोरै करको फाईदा उठाउदै केही माफियाले उपद्रो मचाएको भन्दै उनले सहकारीलाई कर छुट दिएको केही समयमा सहकारी क्षेत्र तहसनहस भएर जाने उनको भनाई छ ।

आन्तरिक राजश्व विभाग र राष्टिय सहकारी संघको संयूक्त आयोजनामा आयोजित कार्यक्रममा बोल्दै शर्माले सहकारीलाई कर लाग्ने वा नलाग्नेमा सहकारी मन्त्रालय र सहकारी आन्दोलन स्पष्ट भएर आउनु पर्ने बताए । सदन, सरकार र अभियानमा रहेकाले सहकारीलाई कर छुट सहकारीका कुन बिषयमा छुट दिने प्रस्ट पारे भोलि देखि कर नलाग्ने बनाउन आफु तयार रहेको बताए । जहाँ नाफा हुन्छ, कारोबार बढी हुुन्छ त्याहाँ सरकाररले निगरानि बढाउछ यसमा अतालिनु कुनै आवश्यक छैन ।

कार्यक्रममा सहकारी विभागका निमित्त रजिष्टार बिष्णु घिमिरेले पुर्ण रुपमा कर नतिर्ने नीति ल्याउदा राज्य चल्न नसक्ने बताए । उनले भने, सहकारीलाई एकै पटक कर छुट दिन आबश्यक छैन । यसको गहन अध्ययन हुन आबश्यक छ । छुटको सुविधा टाठाबाठाले मात्र लिएको बताउदै घिमिरेले लक्षित वर्ग सम्म नपुग्दा छुट दिनु नहुने तर्क गरे ।
कृषि जन्य उद्योग खोल्नका लागि आबश्यक पर्ने छुटमा सहकारी विभागले छुट दिएको उल्लख गर्र्दै उनले छुट पाउने ठाउमा प्रमाण सहित आए कर छुटका लागि सम्बन्धीत निकाय सँग विभागले पहल गर्ने बताए ।
वित्तिय कारोबार गर्ने सहकारीका साधारण सभा खर्चमा निययन्त्रण गर्नु पर्ने जोड दिदै उनले सदस्य दुब्लला र सञ्चालक मोटा हुने प्रवृतिको अन्त्य आबश्यक रहेको बताए  ।

कार्यक्रममा बोल्दै राष्टिय सहकारी संघका पुर्व अध्यक्ष दिपक बाँस्कोटाले सहकारीबाट ठगहरुले सक्दो फाइदा लिइरहेको उल्लेख गर्दे सहकारीमा अहिले देखिएको विकृति नियन्त्रणमा नआउदा सम्म कर छुट दिनु नहुने तर्फ गरे । यस्तै राष्टिय सहकारी संघका अध्ययक्ष केशब बडालले आगामि बजेटमा सहकारीलाई केही बिषयमा छुट उपलब्ध गराउने तर्फ ध्यान दिन आग्रह गरे । यस्तै कार्यक्रममा राष्टिय सहकारी संघका उपाध्यक्ष विजय घिमिरेले कार्यपत्र प्रस्तुत गरेका थिए ।

अभिलेख

लोकप्रिय