भ्यालि बहुउद्देश्यीय सहकारीको कारोबार ठप्प
काठमाडौ, २ जेठ ।काठमाडौंको सुन्धारामा रहेको भ्यालि बहुउद्देश्यीय सहकारी संस्थाको कार्यालय खुले पनि कारोबार भने ठप्प भएको छ । बाहिरी साइनबोर्डमा नेपाल सरकारद्वारा स्वीकृत प्राप्त संस्था हटाए पनि भित्री गेटमा कुनै परिवर्तन नगरेको सो सहकारी संस्थाको कारोबारमा समस्या देखिएको छ ।
त्यहाँ कार्यरत एक कलेक्टरले दिएको जानकारीअनुसार संस्थाको कार्यालयबाट कारोबार नभए पनि संस्था सदस्यहरुबीच कारोबार तथा रकम दिने र लिने काम भइरहेको आर्थिक दैनिकमा खबर छ । तर, कार्यालय पुग्दा सो संस्था लामै समयदेखि सञ्चालनमा नआएको स्पष्ट देखिन्छ । बहुउद्देश्यीय सहकारी संस्थाहरुको काम र दायित्वअनुसार स्थापना भएको सो सहकारी संस्थाको कार्यालयमा एक जना व्यक्ति बाहेक अन्य पदाधिकारीहरुको उपस्थित देखिँदैन ।
कार्यालयका सबै स्थान धुलाम्य भएका छन् भने कागजातहरु पनि कमै देखिन्छन् । कार्यालय प्रायः खोलिए पनि एक जना रिसेप्सन बाहेक अन्य कर्मचारीहरु देख्न पाइँदैन । सविना मल्ल अध्यक्ष र सिद्धिलाल महर्जन कोषाध्यक्ष रहेको सो सहकारी संस्था भवनको एक फ्ल्याटमा रहे पनि सबै कोठाहरु खालि र धुलाम्य रहेका छन् भने कार्यालयको अवस्था कुनै मान्छे नबस्ने जस्तै भएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार
राष्ट्रिय सहकारी बैंकको निर्वाचन जेठ ९ गते, निर्वाचन कार्यतालिका केही दिनमा
१६ बैशाख २०८३, बुधबार
तेस्रो वार्षिकोत्सवमा आईस्मार्टको विशेष अफर सार्वजनिक
१४ बैशाख २०८३, सोमबार