१७ वैशाख २०८३, बिहिबार

काठमाडौमा रेजिनेसन कन्फ्रेन्स अन हेल्थ को–अपरेटिभ हुने

२०७१ जेठ २, शुक्रबार
काठमाडौमा रेजिनेसन कन्फ्रेन्स अन हेल्थ को–अपरेटिभ हुने

काठमाडौ, २ जेठ । आउदो अक्टोवर महिनामा काठमाडौमा रेजिनेसन कन्फ्रेन्स अन हेल्थ को अपेटिभको आयोजना हुने भएको छ । अन्र्तराष्टिय सहकारी महासंघ एसिया प्रसान्त क्षेत्रीय कार्यलयले नेपालको यस्तो सम्मेलन आयोजना गर्ने प्रस्ताव गरेको छ ।
सो सम्मेलनमा  एसिया प्यासिफिक क्षेत्रका सबै स्वस्थ्य क्षेत्रमा काम गर्ने सहकारीहरुको सहभागता रहने छ । राष्टिय सहकारी संघले दिएको जानकारी अनुसार  सो सम्मेलनको ब्यबस्थापनको काम भने संघले गर्ने जिम्मेवारी पाएको छ । गत चैतमा सम्मपन्न प्रथम राष्टिय सहकारी महासम्मेलनबाट प्रभावित भै यो सम्मेलन नेपालमा गर्ने निर्णय भएको  संघले जानकारी दिएको छ । ब्वस्थापनको जिम्मा राष्टिय संघले लिए पनि नेपालबाट सहभागि हने स्वस्थ्य सहकारीहरुको भने टुंगो लाग्न बाँकी रहेको बताइएको छ । स्वस्थय क्षेत्रमा काम गर्ने सहकारीहरुको केन्द्रीय संघ समेत बनेकाले संघ संग छलफल गरि कार्यक्रम  तय  गरिने संघको भनाई छ ।

अभिलेख

लोकप्रिय