१७ वैशाख २०८३, बिहिबार

डुमरवानामा ‘सहकारी’ मासु पसल

२०७१ जेठ १, बिहिबार
डुमरवानामा ‘सहकारी’ मासु पसल

सिमरा, १ जेठ । डुमरवानास्थित सप्तरंगी बचत तथा ऋण सहकारी संस्थाले आजबाट डुमरवानामा सुपथ मूल्यको सहकारी मासु पसल शुरु गरेको छ ।
सहकारी मासु पसल उदघाटन गर्दै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफ्स्कूनका सञ्चालक कृष्ण पौडेलले सहकारी क्षेत्रले गरेका राम्रा कामहरुलाई सबैले अनुशरण गरी व्यवहारिक रुपमा लागु गरे छिट्टै नै नेपाली समाज समृद्ध हुन सक्ने बताए । उत्पादन, वितरण र उपभोगमा सहकारीको संलग्नताले शोषण घट्ने र गुणस्तरीयता बढने बताउदै पौडेलले सहकारीहरु वित्तिय कारोवारमा मात्रै सीमित नभई उत्पादन र सेवाका क्षेत्रहरुमा लाग्नु गर्ने बताए ।
सप्तरंगी सहकारीका अध्यक्ष राजु अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हातेमालो बचत तथा ऋण सहकारी संस्था सिमराका सञ्चालक कृष्ण पौडेल, जनता उच्च मावि रजघट्टाका अध्यक्ष रामशरण बर्तौला, साना किसान कृषि सहकारी संस्था ईनर्वासिराका प्रवन्धक झपेन्द्र बराल, त्रिपुरेश्वर कृषि सहकारीका अध्यक्ष विष्णु अधिकारी, सञ्चारकर्मी बिदुर खड्का, सप्तरंगीका सञ्चालक लक्ष्मी नेपाली, व्यवस्थापक गुणराज ढकाललगायतको उपस्थिति रहेको थियो ।
संस्थाले उपभोक्ता कार्डका आधारमा सदस्यहरुलाई सहुलियत दरमा मासु उपलव्ध गराउने र संस्थाले कमाएको मुनाफाको आधारमा प्रत्येक वर्ष बोनस दिने नीति बनाएको छ ।

अभिलेख

लोकप्रिय