१७ वैशाख २०८३, बिहिबार

एक लाख अनुदान फिर्ता

२०७१ वैशाख ३१, बुधबार
एक लाख अनुदान फिर्ता

इलाम, ३१ बैशाख । महिला पासाङल्हामु वहुउदेश्यीय सहकारी संस्था आमचोक–३ ले सुपथ मुल्यको सहकारी पसल संचालन गर्न सहकारी कार्यालय संग सम्झौता गरि लगेको १ लाख अनुदान रकम फिर्ता गरेको छ ।
आ.व. ०६५/६६ मा डिभिजन सहकारी कार्यालयवाट संस्थाका शेयर सदस्यहरुलाइ सुपथ मुल्यमा दैनिक उपभोग्य सामाग्री, मल, विउविजन लगायत अन्य आवश्यकिय वस्तुहरु खरिद विकी गर्न १ लाख नेपाल सरकारको निर्णयवमोजिम लगिएको थियो । सम्झौता गरे वमोजिम शुरुवातका दिनमा पसल संचालन गर्न केहि हदसम्म सहकारी सफल भए पनि विगत केहि महिनादेखि पसल घाटामा गइ कारोवार गर्न असमर्थ भएको सहकारी संस्थाका सामाजिक परिचालक अमृता नेपालीले वताईन ।
सरकारको रकम सहकारी संस्थामा अनुत्पादक रुपमा राखि राख्न भन्दा सरकारलाइ समयमै फिर्ता गर्नु ठिक हुने भन्दै संस्थाले रकम फिर्ता गर्ने निर्णय गरेको संस्था व्यवस्थापक सिर्जना दाहालको भनाइ छ । यसरी अनुदानको रकम फिर्ता गर्ने जिल्लाको यो दोश्रो सहकारी भएको छ । इलाम जिल्लामा यस अघि नै शान्तीडाँडा स्थित त्रिमुखी कृषी सहकारी संस्थाले पनि अनुदानको १ लाख फिर्ता गरिसकेको छ ।
यो सँगै डिभिजन सहकारी कार्यालय, ईलामसंग आ.व. ०६५/६६ र ०६६/६७ मा सुपथ मुल्य पसल संचालन गर्न सम्झौता गरेका सहकारीको संख्या नगरपालीकाको १ र गाउं क्षेत्रका ४४ गरि जम्मा ४५ वटामा कायम भएको छ । डिभिजन सहकारी कार्यालयले हालै सुपथ मुल्यको पसल संचालन गर्ने सहकारी संस्थाहरुलाइ पसलको कारोवारको यथार्थ विवरण पेश गर्न निर्देशन गरेको छ ।

अभिलेख

लोकप्रिय