सिन्धुलीमा सहकारी एकीकरण र नेफ्स्कून आवद्धता गोष्ठि साकियो
सिन्धुली, ३० बैशाख । सहकारी एकीकरण र नेफ्स्कून आवद्धता गोष्ठि सोमबार सिन्धुलीमाढी बजारमा सम्पन्न भएको छ ।
गोष्ठिको उदघाटन गर्दै सहायक प्रमुख जिल्ला अधिकारी बासुप्रसाद काफ्लेले सामाजिक सुशासनका लागि सहकारीहरु नियमित र प्रभावकारी ढंगबाट सञ्चालन हुनुपर्ने बताए । सहकारीले समुदायमा राम्रा कामहरु गरिरहेको र वित्तिय परिचालनमा महत्वपूर्ण भूमिका खेलेको बताउँदै काफ्लेले सहकारी संघसंस्थाहरुका विकृतिका कारण समस्याहरु देखा परिरहेको बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून)का सञ्चालक कृष्ण पौडेलले नेफ्स्कून मुलुकभर दिगो सहकारी निर्माण गर्ने अभियानमा प्रतिवद्ध रहेको बताउदै सहकारी एकीकरण र गुणात्मक विकासमा लाग्न सहकारीकर्मीहरुलाई आग्रह गरे ।
कार्यक्रममा जिल्लाभरका पचास बचत तथा ऋण सहकारीका ७० प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्राविधिक सहयोग नेफ्स्कून, सहमति र प्लान नेपालले सहयोग गरेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय साकोस कञ्चनपुरको प्रमुख कार्यकारी अधिकृतमा धर्मराज जोशी नियुक्त
२ कार्तिक २०८३, आईतवार
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार