१९ वैशाख २०८३, शनिवार

सिन्धुलीमा सहकारी एकीकरण र नेफ्स्कून आवद्धता गोष्ठि साकियो

२०७१ वैशाख ३०, मङ्गलबार
सिन्धुलीमा सहकारी एकीकरण र नेफ्स्कून आवद्धता गोष्ठि साकियो

सिन्धुली, ३० बैशाख । सहकारी एकीकरण र नेफ्स्कून आवद्धता गोष्ठि सोमबार सिन्धुलीमाढी बजारमा सम्पन्न भएको छ ।
गोष्ठिको उदघाटन गर्दै सहायक प्रमुख जिल्ला अधिकारी बासुप्रसाद काफ्लेले सामाजिक सुशासनका लागि सहकारीहरु नियमित र प्रभावकारी ढंगबाट सञ्चालन हुनुपर्ने बताए । सहकारीले समुदायमा राम्रा कामहरु गरिरहेको र वित्तिय परिचालनमा महत्वपूर्ण भूमिका खेलेको बताउँदै काफ्लेले सहकारी संघसंस्थाहरुका विकृतिका कारण समस्याहरु देखा परिरहेको बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून)का सञ्चालक कृष्ण पौडेलले नेफ्स्कून मुलुकभर दिगो सहकारी निर्माण गर्ने अभियानमा प्रतिवद्ध रहेको बताउदै सहकारी एकीकरण र गुणात्मक विकासमा लाग्न सहकारीकर्मीहरुलाई आग्रह गरे ।
कार्यक्रममा जिल्लाभरका पचास बचत तथा ऋण सहकारीका ७० प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्राविधिक सहयोग नेफ्स्कून, सहमति र प्लान नेपालले सहयोग गरेको थियो ।

अभिलेख

लोकप्रिय