प्रधानमन्त्रीले समय नदिदा आयोगको प्रतिवेदन अलपत्र
काठमाडौं, ३० बैशाख । बचत तथा ऋण कारोबार गर्ने समस्याग्रस्त सहकारीको छानबिनका लागि गठित आयोगले तयार पारेको प्रतिवेदन आज (मंगलबार) बुझाउने भनिएपनि विशेष कारणले स्थगित भएको छ । सहकारी तथा गरिबी निवारणमन्त्रीसमेत रहेका प्रधानमन्त्री सुशील कोइरालालाई आज बुझाउने भनिएपनि उनले समय नदिएका कारण विशेष कारणले स्थिगित भएको खबर प्रधानमन्त्री कार्यालयकाले आयोगलाई जानकारी गराएको हो । अब कहिले बुझाउने भन्न समय निर्धारण भनैसकेको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले सहकारीखबरलाई जानकारी दिए । ‘प्रधानमन्त्री कार्यालयले हामीलाई खबर गर्ने छ ।’ कार्कीले भने– ‘अझै २÷३ दिन सम्म लाग्न सक्छ ।’ प्रतिवेदनमा सदस्यहरुको रकम दुरुपयोग गर्ने सहकारीका सञ्चालकलाई २० वर्षसम्म जेल सजाय गर्न प्रस्ताव गरेको छ । झण्डै ६ महिनामा तयार भएको प्रतिवेदनमा गठी गर्नेलार्य कडा सजायको व्यवस्था गरीएको छ । सरकारले कात्तिकमा पूर्वन्यायाधीश कार्कीको संयोजकत्वमा सुशीलराम माथेमा र सीताराम उप्रेती सदस्य रहेको छानबिन आयोग गठन गरेको थियो । आयोगको म्याद जेठ ६ गते सकिदै छ । तीन महिनाको लागि गठन गरेको आयोग काम नसकिएपछि पुन तीन महिना थप गरेको थियो । यो पनि पढ्नुस् सहकारीमा ९ अर्ब ६३ करोड ठगी, २१ हजार ६ सय २८ उजुरी यसरी लुटिदैंछ जनताको पैसा सहकारीमार्फत ? ४८ सहकारीका संचालक खोज्दै प्रहरी (संचालकको नाम सहित)
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार
राष्ट्रिय सहकारी बैंकको निर्वाचन जेठ ९ गते, निर्वाचन कार्यतालिका केही दिनमा
१६ बैशाख २०८३, बुधबार
तेस्रो वार्षिकोत्सवमा आईस्मार्टको विशेष अफर सार्वजनिक
१४ बैशाख २०८३, सोमबार