प्रधानमन्त्रीले समय नदिदा आयोगको प्रतिवेदन अलपत्र
काठमाडौं, ३० बैशाख । बचत तथा ऋण कारोबार गर्ने समस्याग्रस्त सहकारीको छानबिनका लागि गठित आयोगले तयार पारेको प्रतिवेदन आज (मंगलबार) बुझाउने भनिएपनि विशेष कारणले स्थगित भएको छ । सहकारी तथा गरिबी निवारणमन्त्रीसमेत रहेका प्रधानमन्त्री सुशील कोइरालालाई आज बुझाउने भनिएपनि उनले समय नदिएका कारण विशेष कारणले स्थिगित भएको खबर प्रधानमन्त्री कार्यालयकाले आयोगलाई जानकारी गराएको हो । अब कहिले बुझाउने भन्न समय निर्धारण भनैसकेको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले सहकारीखबरलाई जानकारी दिए । ‘प्रधानमन्त्री कार्यालयले हामीलाई खबर गर्ने छ ।’ कार्कीले भने– ‘अझै २÷३ दिन सम्म लाग्न सक्छ ।’ प्रतिवेदनमा सदस्यहरुको रकम दुरुपयोग गर्ने सहकारीका सञ्चालकलाई २० वर्षसम्म जेल सजाय गर्न प्रस्ताव गरेको छ । झण्डै ६ महिनामा तयार भएको प्रतिवेदनमा गठी गर्नेलार्य कडा सजायको व्यवस्था गरीएको छ । सरकारले कात्तिकमा पूर्वन्यायाधीश कार्कीको संयोजकत्वमा सुशीलराम माथेमा र सीताराम उप्रेती सदस्य रहेको छानबिन आयोग गठन गरेको थियो । आयोगको म्याद जेठ ६ गते सकिदै छ । तीन महिनाको लागि गठन गरेको आयोग काम नसकिएपछि पुन तीन महिना थप गरेको थियो । यो पनि पढ्नुस् सहकारीमा ९ अर्ब ६३ करोड ठगी, २१ हजार ६ सय २८ उजुरी यसरी लुटिदैंछ जनताको पैसा सहकारीमार्फत ? ४८ सहकारीका संचालक खोज्दै प्रहरी (संचालकको नाम सहित)
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय साकोस कञ्चनपुरको प्रमुख कार्यकारी अधिकृतमा धर्मराज जोशी नियुक्त
२ कार्तिक २०८३, आईतवार
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार