चन्द्रसुर्य साकोसको आठ दिने सहकारी, पर्यटकीय तथा धार्मिक भ्रमण कार्यक्रम सम्पन्न
ललितपुर,२९ वैसाख । सहकारीका सदस्यहरुलाई नमुना सहकारीहरुको भ्रमण गराई सहकारी शिक्षा सुचनामा अधिकतम पहुँच पु¥याउने उद्देश्यले यहि बैशाख १६ देखि २३ गतेसम्म ललितपुरको चन्द्रसुर्य साकोसको आठ दिने सहकारी, पर्यटकीय तथा धार्मिक भ्रमण कार्यक्रम सम्पन्न भएको छ । संस्थाका समिति, लेखा समिति, सदस्य र कर्मचारीहरु गरी १९ जनाको टोलीले पुर्वाञ्चलको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. र धादिङको जनकल्याण साकोसको भ्रमण गरेको छ ।
त्यस्तै पुर्वाञ्चलका धार्मिक पीठहरु लगायत भारतको दार्जिलिङ र सिक्किमसम्मको पर्यटकीय भ्रमण पनि सम्पन्न भएको छ । यस्ताखाले भ्रमणहरुको माध्यमद्धारा संस्थाका सदस्यहरुले नमुना सहकारीहरुले गरेका सफलताका विविध विषयहरुमा प्रत्यक्ष अनुभव गरी सिक्ने मौका पाउन सक्ने हुनाले संस्थाले यस्तो भ्रमणलाई आफ्नो वार्षिक कार्यक्रममै राखेको संस्थाका अध्यक्ष रामशरण वस्नेतले बताए ।
सहकारीको सिद्धान्त अनुरुप पनि सहकारीमा निरन्तर शिक्षा तथा सुचनालाई कार्यान्वयन गर्न यस्ता भ्रमण फलदायी हुने उहाँको भनाई छ । सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुलाई सुसुचित र प्रशिक्षित गर्न यस्ता खाले नमुना सहकारीहरुको भ्रमण गर्ने गरेको पाईन्छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार
राष्ट्रिय सहकारी बैंकको निर्वाचन जेठ ९ गते, निर्वाचन कार्यतालिका केही दिनमा
१६ बैशाख २०८३, बुधबार
तेस्रो वार्षिकोत्सवमा आईस्मार्टको विशेष अफर सार्वजनिक
१४ बैशाख २०८३, सोमबार