१७ वैशाख २०८३, बिहिबार

नेफ्स्कून : दिगो र गुणस्तरीय बचत तथा ऋण सहकारीमा प्रतिवद्व

२०७१ वैशाख २८, आईतवार
नेफ्स्कून : दिगो र गुणस्तरीय बचत तथा ऋण सहकारीमा प्रतिवद्व

सिमरा, २८ बैशाख । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून)का सञ्चालक कृष्ण पौडेलले नेफ्स्कून मुलुकभर दिगो र गुणस्तरीय बचत तथा ऋण सहकारी निर्माणमा प्रतिवद्व रहेको बताएका छन् ।
रौतहटको चन्द्रनिगाहपुरमा आयोजित “पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम, प्रोवेशन” को अभिमुखीकरण कार्यक्रममा बोल्दै पौडेलले उक्त कुरा बताएका हुन् । वित्तिय सहकारीहरुलाई गुणात्मक र राष्ट्रिय समृद्धिसंग जोडनका लागि सहकारीमैत्री संविधान र छुट्टै बचत तथा ऋण सहकारी ऐनको आवश्यकता रहेको बताउदै पौडेलले नेफ्स्कूनले सदस्य संस्थाहरुलाई व्यवस्थित गर्ने अभियान चलाई रहेको बताए ।
रौतहट जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष खडग बमजनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सर्लाही जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष बाबुराम घिमिरे, बाराका अध्यक्ष भोला गौतम, पर्साका अध्यक्ष राजेश पण्डितलगायतले बोलेका थिए । कार्यक्रममा नेफ्स्कूनका कार्यक्रम अधिकृत दुर्गा ढकालले प्रोवेशनवारे सहजीकरण गरेका थिए । गोष्ठिले तत्कालै प्रोवेशनको मध्यतराई क्लष्टर निर्माण गर्ने निर्णयसमेत गरेको छ ।
प्रोवेशन नेफ्स्कूनले लागु गरेको बचत तथा ऋण सहकारीको राष्ट्रिय मापदण्ड हो जसले सहकारीलाई जोखिममुक्त र दिगो बनाउन आवश्यक प्रविधि र तरीकाहरु लागु गर्दछ ।

अभिलेख

लोकप्रिय