सहकारी मार्गदर्शन, सहकारीमा कसले के गर्ने ?
सहकारी संस्था
– पारस्परिक सहयोग, भाइचारा र विश्वबन्धुत्वको भावनावाट गठित हुनु पर्दछ ।
– सहकारी सिद्धान्त, मूल्य र मान्यताबाट प्रेरित संगगित र सामूहिक संस्था हुनुपर्दछ ।
– सहकारी ऐन, नियम र नियमावली अनुसार सञ्चालन हुने तर समयानुकुल परिमार्जन र सुधार हुनु पर्ने मन्यताबाट प्रेरित हुनु पर्दछ ।
–स्थानीय बचत, स्थानीय लगानी, स्थानीय व्यवस्थापन–स्थानीय आम्दानीमा आधारीत संस्था हुनु पर्दछ ।
–मुनाफा भन्दा सेवा पक्षलाई प्राथमिकता दिने संस्थाको रुपमा स्थापित हुनु पर्दछ ।
–अन्तरनिर्भर समाज र आत्म निर्भर आर्थिक प्रणलीको स्थापनाका खातिर संगठित हुनु पर्दछ ।
–नैतक व्यवसायका व्यवसायी र सदस्यहरुप्रति समर्पित संस्था हुनु पर्दछ ।
–सामाजिक न्याय र समानताका सिद्धान्तबाट सञ्चालन हुनु पर्दछ ।
सहकारीका सञ्चालकहरुले
– सहकारी मूल्य, मान्यत, सिद्धान्त, ऐन, विनियम, नियमावली र निर्णयहरु पूर्ण रुपमा पालना गर्नु पर्दछ ।
–आर्थिक अनुशासन, मितव्ययीता, स्वाबलम्वन, स्वउत्तरदायीत्व, न्याय, प्रजातान्त्र, पारदर्शीता, इमान्दारीता, नैतिकत, सद्भाव र समन्वय जस्ता कुराहरुमा प्रतिवद्ध हुनु पर्दछ ।
–स्वरोजगारी, स्वावलम्बी, स्वतन्त्रता, समानता, स्वाभिमान, सम्मान र ष्पिक्षताका पक्षधर हुनु पर्दछ ।
– भ्रष्ट आचरण, मद्यपन जस्ता कुलतबाट टाढा रहनु पर्दछ ।
–सामहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारीको सिद्धान्तबाट निर्देशित हुनु पर्दछ ।
–संस्था र समुदायको हितअनुकुल पदीय दायित्व निर्वाह गर्नु पर्दछ ।
–दलगत राजनीति, धर्म, जात, लैङ्गिक भेदभाव रहित व्यवहारमा विश्वास र अडिक हुनु पर्दछ ।
–स्वयम्सेवी र अवैतनिक हुनु पर्दछ ।
–हृदयमा इमान्दारी, मष्तिस्कमा समझदारी र काँधमा जिम्मेवारी जस्ता पक्षलाई मूलमन्त्र सम्झिने हुनु पर्दछ ।
सहकारीका सेयर सदस्यहरुले
– पारस्परिक सहयोग, सद्भाव र भाईचारा प्रमुख आदर्श सम्झी संगठित हुनु पर्दछ ।
–सहकारी मूल्य, मान्यता, सिद्धान्त, ऐन, विनियम, नियमावली र र्निायहरुप्रति रहँदै स्वनियममा विश्वास गर्नु पर्दछ ।
–पारस्परिक सहयोग र सामूहिक हितका लागि आर्थिक र सामाजिक सहभागिता दर्शाउने ।
–सबैको हितका लागि सर्वसम्मत वा सहमतिमा पुग्न तत्पर हुनु पर्दछ ।
–नियमित सहभागिताबाट आफ्नो र संगठित अरुको लगानीको संयुक्त सुरक्षण गर्न प्रतिवद्ध हुनु पर्दछ ।
–आत्मनिर्भरताका लागि पश्रिमी र लगनशील रहनु पर्दछ ।
–इमान्दारिता, नैतिकता, नम्रता, शीष्टता र कर्तव्य पालनामा दृढ संकल्पीत रहनु पर्दछ ।
–संस्थाले आर्जन गरेको नाफा नोक्सानको हकदार हुन तयार हुनु पर्दछ ।
सहकारीका कर्मचारीहरुले
–सहकारी मूल्य, मान्यता, सिद्धान्त, ऐन, विनियम, नियमावली र निर्णयहरुप्रति प्रतिवद्ध रहँदै तोकिएको जिम्मेवारी पूरा गर्नु पर्दछ ।
– अमनत्वको भावनाबाट प्रेरित कर्मठ र कर्तव्य परायण हजकर्ता हुनु पर्दछ ।
–नम्र र शीष्ट भाषा, निष्पक्ष व्यवहार, कामप्रति समर्पित र चरित्रवान व्यवहारका धनी हुनु पर्दछ ।
–संस्थाको सञ्चालक समितिप्रति उत्तरदायी र उस्को निर्णय कार्यान्वयन र निर्देशन पालना गर्ने कार्यकर्ता हुनु पर्दछ ।
–आर्थिक अनुशासन र मीतव्ययी व्यवहारका स्वयंसेवी कार्यकर्ता हुनु पर्दछ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार
राष्ट्रिय सहकारी बैंकको निर्वाचन जेठ ९ गते, निर्वाचन कार्यतालिका केही दिनमा
१६ बैशाख २०८३, बुधबार
तेस्रो वार्षिकोत्सवमा आईस्मार्टको विशेष अफर सार्वजनिक
१४ बैशाख २०८३, सोमबार