१७ वैशाख २०८३, बिहिबार

जय श्री लक्ष्मी सहकारीका सञ्चालक रामलाला सिंहले ८ करोड लिएर भागे

२०७१ वैशाख २७, शनिवार
जय श्री लक्ष्मी सहकारीका सञ्चालक रामलाला सिंहले ८ करोड लिएर भागे

वीरगञ्ज, २८ वैशाख । वीरगन्ज उपमहानगरपालिकाको वडा नम्बर १९ नगवामा रहेको जय श्री लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक रामलाला सिंह करिब ८ करोड रुपैयाँ रकम लिएर फरार भएका छन् ।

शनिबार नगवामा पत्रकार सम्मेलन गरेर पीडित बचतकर्ताहरुले स्थानीय बासिन्दाले दैनिक खातामा बचत गरेको रकम लिएर शुक्रबार राति उनी फरार भएको जानकारी दिएका हुन ।

०६८ सालमा डिभिजन सहकारी कार्यालय पर्सामा दर्ता रहेको सो सहकारी सस्थामा नगवा सहित आसपासका स्थानीयहरुले रकम बचत गर्दै आइरहेको पत्रकार सम्मेलनमा सबैभन्दा बढी रकम बचत गरेका शशीभुषण प्रसाद श्रीवास्तवले बताए ।

उनले सहकारीमा ४६ लाख रुपैयाँ सहकारीमा बचत गरेको जानकारी दिए । सहकारीमा बढी व्याज आउने प्रलोभन देखाएर विश्वासका आधारमा रकम बचत गरेको सिंहले रकम लिएर भाग्ला भन्ने आफूले कल्पना नगरेको भएपनि अहिले रकम लिएर फरार भएपछि आफू लगायत बचतकर्ताहरु बिचल्लीमा परेको उनले बताए ।

यसरी नै सहकारीमा ४२ लाख बचत गरेका सुबोध गुप्ताले पनि कल्पना नै नगरेको कुरा सुन्दा आफू आश्चार्य चकित भएको भन्दै तत्काल सहकारी सञ्चालकलाई पक्राउ गरी आफूहरुको रकम उठाइ दिन स्थानीय प्रहरी प्रशासन समक्ष माग गरे ।

सहकारीमा स्थानीय धीरेन्द्रकुमार गुप्ताको ३४ लाख, सुरेश बर्णवालको २३ लाख, सर्लाही जयहनुमान किराना पसलको पाँच लाख २३ हजारसहित अन्य बचतकर्ताको गरी करिब आठ करोड रकम लिएर सिंह फरार भएको उनीहरुले बताएका छन् ।

यसैबीच नगवाका स्थानीय बासिन्दाले सिंह बिरुद्ध प्रहरीमाउजुरी दिएपछि वडा प्रहरी कार्यालय श्रीपुर वीरगन्जले सिंहकी पत्नी तथा सहकारी संस्थाकी अध्यक्ष रञ्जनाकुमारी सिंहलाई शुक्रबार राति नै पक्राउ गरेको पनि स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।

अभिलेख

लोकप्रिय