महिला साकोसद्धारा स्वास्थ्य परीक्षण शिविर सञ्चालन
सिमरा, २६ बैशाख । सिमरा महिला बचत तथा ऋण सहकारी संस्थाले आज स्तन तथा पाठेघरको क्यान्सर रोगको स्वास्थ्य परीक्षण शिविर आयोजना गरेको छ ।
शिविर उदघाटन गर्दै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड ९नेफ्स्कून० का सञ्चालक कृष्ण पौडेलले सहकारीले सात सिद्धान्तअन्तरगत समुदायप्रति चासोमा आधारित रहेको सामाजिक सेवामा महत्वपूर्ण भूमिका खेलिरहेको बताउनु भयो । सहकारी क्षेत्र आर्थिक प्रगति र सामाजिक एकताको आधार भएको बताउदै पौडेलले सहकारीलाई वित्तिय परिचालन र उत्पादनसंग जोडेर अघि बढन सके मुलुकलाई सबै हिसावले समृद्ध बनाउन सकिने बताउनु भयो ।
कार्यक्रममा नेशनल हस्पिटल तथा क्यान्सर रिसर्च सेन्टर जावलाखेलका प्रवन्ध सञ्चालक प्रा। श्यामकृष्ण जोशी, निवर्तमान गाविस अध्यक्ष भोला अधिकारी, प्राथमिक स्वास्थ केन्द्र सिमराकी प्रमुख डा। प्रकृति उर्जा, जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ, हातेमालो सहकारीका अध्यक्ष शिव वाग्ले, जनकल्याण सहकारीका अध्यक्ष मधुसुदन सिटौला, प्रभातफेरी दुग्ध उत्पादक सहकारीका अध्यक्ष उद्धव गौतम, नेपाली कांग्रेसका छविलाल पौडेल, नेकपा ९एमाले० का कृतिराज पन्त, एमाओवादीका रमेश खरेल, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका राधादेवी साह, राष्ट्रिय जनमोर्चाका सुशिला आचार्य, राप्रपा नेपालका वुद्धिप्रसाद पाण्डेलगायतले बोल्नु भएको थियो ।
संस्थाकी अध्यक्ष अनिता अधिकारी लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव निर्मला शर्मा र स्वागत सञ्चालक गीता शर्मा पौडेलले गर्नु भएको थियो । शिविरमा डा। समिता अधिकारीसहितको चिकित्सक टोलीले सयौं महिलाहरुको स्वास्थ्य परीक्षण भई रहेको छ र शिविर भोलिसम्म चल्नेछ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय साकोस कञ्चनपुरको प्रमुख कार्यकारी अधिकृतमा धर्मराज जोशी नियुक्त
२ कार्तिक २०८३, आईतवार
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार